
पोखरा, २९ असोज। चाडपर्वको अवसर पारेर अन्नपूर्ण पाथ ल्याब (एपीएल) महेन्द्रपुलले युरिक एसिड परीक्षणसहित विभिन्न स्वास्थ्य परीक्षणमा विशेष छुटको व्यवस्था गरेको छ।
एपीएलका अध्यक्ष गीता कार्की पन्थका अनुसार आधुनिक उपकरण तथा अनुभवी प्राविधिक टोलीमार्फत सेवा प्रदान गर्दै आएको ल्याबले दशैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरी स्वास्थ्य परीक्षणमा विशेष छुट दिएको हो। छुट कात्तिक महिनाभर लागू हुने जनाइएको छ।
ल्याबमा भिटामिन डी, भिटामिन बी–१२, ट्युमर मार्कर, क्याल्सियमलगायत विभिन्न प्रकारका रक्त परीक्षणमा छुट उपलब्ध गराइएको छ। चाडपर्वका बेला स्वास्थ्यप्रति सचेतना बढाउने र सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य परीक्षण गराउने उद्देश्यले छुटको व्यवस्था गरिएको ल्याबले जनाएको छ।
यसैगरी, सोही भवनमा सञ्चालित अन्नपूर्ण सिटी क्लिनिकले पनि चाडपर्वको अवसरमा युरिक एसिड परीक्षण निःशुल्क गरिरहेको छ।
आठ वर्षअघि सञ्चालनमा आएको अन्नपूर्ण सिटी क्लिनिकले विभिन्न विधाका विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा प्रदान गर्दै आएको छ। क्लिनिकमा अल्ट्रासाउन्ड, भिडियो एक्स–रे, एक्स–रेलगायतका विभिन्न डायग्नोस्टिक सेवा एउटै स्थानबाट उपलब्ध हुँदै आएका छन्।
क्लिनिकका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्थका अनुसार चाडपर्वको समयमा सर्वसाधारणलाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उपचार तथा डायग्नोस्टिक सेवामा समेत छुटको व्यवस्था गरिएको हो।













