0Shares

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ले आसन्न निर्वाचनलाई लक्षित गर्दै भातृ संगठनहरूलाई सक्रिय बनाउन तीव्र रूपमा बैठक तथा मतदाता भेटघाट कार्यक्रम अघि बढाएको छ। मंगलबार क्षेत्रीय निर्वाचन सचिवालयको कार्यालयमा दलित समुदाय समन्वय उपसमितिको महत्वपूर्ण बैठक सम्पन्न भएको छ।

बैठकमा प्रमुख अतिथिका रूपमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय पूर्व सहमहामन्त्री जीवन परियारले सबैको सहकार्य, एकता र सामिप्यताबाट नेपाली कांग्रेसले देशभर विजयको लहर ल्याउने विश्वास व्यक्त गरे । उनले नवप्रगतिशील कांग्रेसले देश विकासमा नयाँ आयाम थप्ने धारणा राख्दै सामाजिक न्याय र समावेशितालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेले दलित समुदायको हक–अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेसले सधैं अग्रणी भूमिका निर्वाह गरेको बताए । उनले समान अवसर, प्रतिनिधित्व र सशक्तीकरणका लागि पार्टी दृढतापूर्वक उभिएको उल्लेख गरेका थिए ।

समितिका संयोजक किसान सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित अगुवा नेता तथा कार्यकर्ताहरूले आ–आफ्ना धारणा राख्दै आगामी चुनावमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन युवा नेता रविन सुनारले गरेका थिए।

नेपाली कांग्रेस कास्की–१ ले विभिन्न समुदाय र वर्गसँग निरन्तर संवाद गर्दै चुनाव केन्द्रित कार्यक्रमलाई अझ प्रभावकारी बनाउने जनाएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected