टाइगर फरेष्ट होटल प्रालीको नयाँ अवधारणा,बाह्रसिङ्गे बियर गार्डेन आगन्तुकको मुख्य आकर्षण

लुम्बिनीमा ३०० करोडको पाँचतारे रिसोर्ट विस्तारको योजना
रुपन्देही। टाइगर फरेष्ट होटल प्रालीले लुम्बिनी प्रदेशमा नयाँ अवधारणासहित आफ्नो आतिथ्य व्यवसाय विस्तार गरेको छ। टाइगर प्यालेस बाइ सोल्टी नजिकै शान्त र हरियाली वातावरणमा विकसित परियोजनाले प्राकृतिक परिवेश, खुला स्थान र मौलिक काठ संरचनामार्फत प्रदेशको पर्यटन क्षेत्रमा फरक पहिचान बनाउने लक्ष्य लिएको छ।
होटल परिसरमा सञ्चालनमा आएको बाह्रसिङ्गे बियर गार्डेन आगन्तुकको मुख्य आकर्षण बनेको छ। यहाँ बाह्रसिङ्गेका सबै भेराइटी ड्राफ्ट प्रणालीमार्फत धारा जडान गरी कारखानामा जस्तै ताजगी र स्वादमा उपलब्ध छन्। खुला आकाशमुनि हरियाली वातावरणमा बसेर ताजा बियरको अनुभव लिन पाउने सुविधा यस क्षेत्रमै नयाँ अनुभवका रूपमा प्रस्तुत गरिएको छ।
काठबाट बनेको रेस्टुरेन्टमा अनुभवी शेफद्वारा तयार गरिएका नेपाली र भारतीय परिकार सुपथ मूल्यमा उपलब्ध छन्। लाइभ म्युजिकको साथमा परिवार वा साथीहरूसँग समय बिताउन मिल्ने वातावरणले आगन्तुकलाई सहज र आत्मीय अनुभूति दिन्छ।
हाल होटलमा काठबाट बनेका २० वटा लक्जरी भिल्ला तथा कोठा प्रारम्भिक सञ्चालनमा छन्। प्राकृतिक सामग्री प्रयोग गरी निर्माण गरिएका संरचनाले वातावरणमैत्री सन्देश मात्र होइन, बसाइलाई पनि विशिष्ट अनुभव बनाउँछन्। डान्स क्लब, स्पा सेवा र १५०० व्यक्तिसम्म अट्ने बैंकेट हल सञ्चालनमा आइसकेका छन्, जहाँ निजी, संस्थागत तथा सामाजिक कार्यक्रम आयोजना गर्न सकिन्छ।
करीब ५ बिघा क्षेत्रफलमा विस्तार भइरहेको परियोजनामा हालसम्म करिब १५० करोड रुपैयाँ लगानी भइसकेको छ। सञ्चालक मिनराज भुसालका अनुसार थप १५० करोड रुपैयाँ लगानी गरी कुल ३०० करोडको पाँचतारे रिसोर्ट विकास गर्ने योजना छ। आगामी चरणमा स्वीमिङ पुल, क्यासिनो, गार्डेन, बालबालिकाको खेल क्षेत्रसहित थप ८० वटा काठका भिल्ला निर्माण गरिनेछ।
स्वदेशी उत्पादन हुने सल्लो र सालजस्ता काठ प्रयोग गरी इन्जिनियरिङ मापदण्डअनुसार संरचना निर्माण गर्दा नक्सा स्वीकृतिमा स्पष्ट कार्यविधि नहुँदा चुनौती आएको सञ्चालकले बताएका छन्। बाँस संरचनाका लागि कार्यविधि बनेजस्तै स्वदेशी काठ प्रयोगमा पनि स्पष्ट कानुनी आधार तय हुनुपर्ने माग गरिएको छ। यसले स्थानीय उद्योग तथा रोजगारी प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
हाल करिब ७० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएको होटलले पूर्ण सञ्चालनपछि अझ ठूलो संख्यामा रोजगारी सिर्जना हुने जनाएको छ। व्यवसाय प्रवर्द्धन भए मात्र दीगो रोजगारी सम्भव हुने भन्दै लगानीको सुरक्षा र संरक्षणमा सरकारको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको सञ्चालकको भनाइ छ।
लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि फरक अनुभव दिने लक्ष्यसहित अघि बढेको यो परियोजना प्रदेशकै नमुना पर्यटन गन्तव्य बन्ने अपेक्षा गरिएको छ।






सम्बन्धित खवर














