0Shares

पोखरा । कास्की क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस तर्फबाटका उम्मेदवार तिलक रानाभाटले घरदैलो कार्यक्रम गर्दै बेगनास तालको विकास र समृद्धिको मुख्य एजेन्डा आफूले संसदमा उठाउने प्रतिबद्धता जनाएका छन्। उनले पोखरा महानगरपालिका वडा नम्बर ३१ को घरदैलो कार्यक्रममा बेगनास ताललाई मुख्य पर्यटकीय स्थलको रुपमा विकास गर्ने र त्यसको लागि गुरु योजना बनाउने बताएका छन्। सुन्दर वेगनासताल लाई अझ सुन्दर बनाउन गुरु योजना बनाई हरियाली र शान्त स्थलको रुपमा पर्यटकलाई आकर्षक गन्तव्य बनाउने बताएका छन्।
उनले सात तालको बाटिका सहर लेखनाथको सबैभन्दा ठूलो ताल बेगनास ताल प्रमुख पर्यटकको हब बन्न सक्नेमा जोड दिएका छन्। कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्की जिल्ला सदस्य भरतप्रसाद तिवारीले सुन्दर ठाउँमा सुन्दर व्यक्ति र विकासप्रेमी व्यक्ति तिलक रानाभाटको विकल्प नभएको उद्घोष गरेका छन्। सोही कार्यक्रममा पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेल, समाजसेवी तथा नेपाली कांग्रेसका नेता ध्रुवनाथ अधिकारी, शान्ति खनाल, जीवनजंग हिमाली, मुरारी कोइराला, देवेन्द्र रानाभाट, युवा नेता भरतप्रसाद तिवारी, ध्रुवराज अधिकारी, स्थानीय नेताहरू कृष्णप्रसाद ढकाल, धनबहादुर नेपाली, कृष्ण सापकोटा, मदन सापकोटा, विष्णु गुरुङ, धनबहादुर गुरुङ, विक्रम कडेल लगायतले बोलेका थिए । वडा सभापति भानुभक्त पौडेलको अध्यक्षतामा सम्पन्न घर्दैलो तथा मतदाता भेटघाट कार्यक्रमको सञ्चालन वडा सचिव श्रीराम कडेल र वीरभद्र कँडेलले गरेका थिए।
घर्दैलो तथा मतदाता भेटघाट कार्यक्रम अन्तर्गत पोखरा ३१ को एकान्तकुना, किम्बेसी, चिसाकुना, सुन्दर बस्ती, लामा स्वारा, तालबेसी चौर लगायतका स्थानमा सम्पन्न भएको क्षेत्रीय सचिव ओमप्रकाश गुरुङले जानकारी दिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected