0Shares

स्याङ्जा — काजिमान हरिटिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः अनुप श्रेष्ठ चयन भएका छन्।

यसअघि समितिमा रहँदा उत्कृष्ट नेतृत्व र योगदान पुर्‍याएको भन्दै उनलाई राष्ट्रिय शिक्षा पुरस्कारबाट समेत सम्मानित गरिएको थियो। अभिभावक तथा सरोकारवालाहरूको आग्रहअनुसार श्रेष्ठलाई पुनः अध्यक्षको जिम्मेवारी दिइएको हो।

समितिका सदस्यहरूमा चिजा गुरुङ, विष्णुमाया अधिकारी, सरस्वती गोदार, सीता मरासिनी, सोमबहादुर कुँवर र ज्ञानु बिक चयन भएका छन्। सदस्य सचिवका रूपमा विद्यालयका प्रधानाध्यापक पोलप्रसाद अर्याल रहनेछन्।

नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधारको विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।

स्थानीय अभिभावक तथा सरोकारवालाहरूले नयाँ समितिले विद्यालयको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected