
पोखरा । फरक डिजाइन, प्रिमियम फिचर र किफायती मूल्यका कारण विश्व टेक बजारमा छुट्टै पहिचान बनाएको नथिङ ब्राण्डको नयाँ स्मार्टफोन नथिङ फोन फोर ए नेपाली बजारमा उपलब्ध भएको छ । शुरुवाती ग्राहकलाई आकर्षित गर्न कम्पनीले निःशुल्क इयरबड्स दिने घोषणा गरेको छ ।
नेपालमा नथिङका स्मार्टफोन तथा एक्सेसोरिज चौधरी समूह मार्फत आयात तथा बिक्री वितरण हुँदै आएको छ । कम्पनीले नथिङ फोन फोर ए लाई नेपाली बजारमा तीन भेरियन्टमा ल्याएको जनाएको छ ।
फोन ८ जीबी र्याम १२८ जीबी स्टोरेज, ८ जीबी र्याम २५६ जीबी स्टोरेज र १२ जीबी र्याम २५६ जीबी स्टोरेज गरी तीन भेरियन्टमा उपलब्ध छ । यसका साथै फोन ह्वाइट, ब्ल्याक, ब्लु र पिंक गरी चार फरक रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सिजी मोबाईल्सका महाप्रबन्धक बिनय जोशीका अनुसार नथिङका उत्पादनहरू प्रिमियम डिजाइन, उत्कृष्ट स्पेसिफिकेसन र किफायती मूल्यका कारण विश्वभर लोकप्रिय बन्दै गएका छन् । उनका अनुसार नेपाली बजारमा पनि नथिङ स्मार्टफोन तथा एक्सेसोरिजप्रति उपभोक्ताको आकर्षण बढ्दो छ ।
नेपाली बजारमा नथिङ फोन फोर ए को शुरुवाती मूल्य ५५ हजार ९ सय ६९ रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार शुरुवाती ग्राहकलाई ८ हजार ९ सय ६९ रुपैयाँ मूल्य बराबरको सिएमएफ वड्स टु ए प्लस निःशुल्क प्रदान गरिनेछ ।
नथिङले यसपटक फोन फोर ए सेरिजलाई क्यामेरा–केन्द्रित बनाएको जनाएको छ । यसमा ७० एक्स अल्ट्रा जुम सहितको ट्रिपल क्यामेरा सेटअप रहेको छ, जसलाई टेक समीक्षकहरूले सेग्मेन्टकै उत्कृष्ट क्यामेरा सेटअपमध्ये एक बताएका छन् ।
एल्मुनियम फ्रेम, र नथिङको सिग्नेचर ट्रान्सप्यारेन्ट ग्लास ब्याक डिजाईन अनि ग्लिफ लाईटको संयोजनले यो फोन अत्यन्तै प्रिमियम देखिएको छ । साथै फोनमा आइ पी ६८ डस्ट तथा वाटर रेसिस्टेन्स सुविधा रहेको छ र बक्सभित्रै प्रिमियम फोन केस समेत उपलब्ध गराइएको छ ।
फोनमा तिन जेनेरेसन सम्मको एण्डरोईड अपडेट प्रमिस गरिएको नथिङ फोर ए मा ब्लोटवेयर रहित क्लिन नथिङ ओएस प्रदान गरिएको छ । नथिङ ओएस पर्सनलाईजेसन र कस्टमाईजेसनमा सबैभन्दा राम्रो ओएस पनि हो ।
नथिङको सिग्नेचर एसेन्सियल एआई टुल सहित गुगल जेमिनी र च्याट जिपिटी जस्ता प्रिमियम एआई टुल्स इन्टिग्रेटेड गरिएका यि स्मार्टफोनमा स्न्यापड्रागन सेभेन एस जेन फोर प्रोसेसर प्रयोग गरिएको छ ।





सम्बन्धित खवर
















