
पोखरा, चैत ४ — पोखरास्थित भारतीय पेन्सन वितरण केन्द्र, रामबजारमा आजदेखि “इन्टर बटालियन भूतपूर्व सैनिक भलिबल प्रतियोगिता” सुरु भएको छ। भूतपूर्व सैनिकहरूबीच आपसी सद्भाव, एकता र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो।
पेन्सन वितरण कार्यालय, पोखराको आयोजनामा सञ्चालन भएको प्रतियोगिता चैत ४ गतेदेखि चैत १३ गतेसम्म जारी रहनेछ। उद्घाटन कार्यक्रममा केन्द्रका प्रमुख लेफ्टिनेन्ट कर्नेल चितरञ्जन साहुले सेवानिवृत्त जीवनलाई पनि अनुशासित, सक्रिय र स्वस्थ राख्न खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए।
उनले यस्ता प्रतियोगिताले भूतपूर्व सैनिकहरूबीच आपसी एकता मजबुत बनाउने, स्वास्थ्यप्रतिको सचेतना बढाउने र खेलप्रतिको आकर्षण अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।
प्रतियोगितामा आयोजकसहित विभिन्न बटालियनका गरी कुल १९ टोली सहभागी छन्। गण्डकी प्रदेशका साथै बाहिरी जिल्लाबाट समेत भूपू सैनिक टोलीहरूको सहभागिता रहेको जनसम्पर्क अधिकृत भारत भूषण पाण्डेले जानकारी दिए।
खेलहरू बटालियनकै राष्ट्रियस्तरका रेफ्रीहरूले सञ्चालन गर्नेछन्। प्रतियोगितालाई नेपाल एस.वि. आई. बैंक, एभरेस्ट बैंक र सिटिजन लाईफ इन्स्योरेन्सको विशेष सहयोग रहेको पाण्डेलेविशेष सहयोग गरेका छन्।
प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख रुपैयाँ, द्वितीयले ५० हजार र तृतीयले ३५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
आज सम्पन्न खेल र विजेता टिम यस प्रकार रहेको छ :











