
पोखरा।नेपालमा विद्युतीय सवारीको विस्तारसँगै पोखरामा पनि आधुनिक ‘इलेक्ट्रिक फ्युचर’ को औपचारिक सुरुवात भएको छ। महिन्द्रा गाडीहरूको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा. लि. ले पोखराका लागि आधिकारिक वितरक बि.बि. इन्कर्पोरेटेड प्रा. लि. सँगको सहकार्यमा नयाँ पुस्ताका इलेक्ट्रिक ओरिजिन एसयूभीहरू BE6 र XEV 9e पोखरामा सार्वजनिक गरेको हो।
२०८२ चैत ३ गतेदेखि ५ गतेसम्म यी अत्याधुनिक विद्युतीय सवारीहरू पोखराका विभिन्न स्थान—मनिपाल, सेल्सवे डिपार्टमेन्ट स्टोर, लेकसाइड तथा गण्डकी मेडिकल कलेज परिसर—मा विशेष प्रदर्शनीमार्फत सर्वसाधारणका लागि अवलोकनमा राखिएका छन्।
महिन्द्राको उन्नत INGLO प्लेटफर्ममा आधारित यी eSUV हरू विश्वकै अत्याधुनिक अटोमोटिभ प्रणालीमध्ये एक मानिने MAIA आर्किटेक्चरद्वारा सञ्चालित छन्। यसले स्मार्ट, सुरक्षित र प्रविधिमैत्री सवारी अनुभव प्रदान गर्दै पोखरामा विद्युतीय सवारीको नयाँ युगको संकेत दिएको छ।
डिजाइनका हिसाबले Mahindra BE 6 ले स्पोर्टी र एथलेटिक लुकमार्फत प्रदर्शन र साहसिक यात्राको अनुभूति दिन्छ भने Mahindra XEV 9e ले विलासी SUV कूपे शैलीमार्फत परिष्कृत र प्रिमियम अनुभव प्रस्तुत गर्छ। दुवै मोडलहरू चालक र सवारीबीच भावनात्मक सम्बन्ध स्थापित गर्ने लक्ष्यका साथ निर्माण गरिएका छन्।
मूल्यतर्फ, BE 6 को प्रारम्भिक मूल्य रु. ५७ लाखबाट सुरु भई Pack ONE ABOVE, Pack TWO र Pack THREE SELECT भेरियन्टमा उपलब्ध छ। त्यस्तै XEV 9e को मूल्य रु. ६९ लाखबाट सुरु भई Pack TWO, Pack THREE SELECT र Pack THREE भेरियन्टमा पाइन्छ। दुवै सवारीका लागि बुकिङ खुला गरिएको वितरकले जनाएको छ।
सीमित अवधिका लागि आयोजना गरिएको यस प्रदर्शनीले पोखराका उपभोक्ता तथा सवारीप्रेमीहरूलाई विद्युतीय सवारीको प्रत्यक्ष अनुभव लिन विशेष अवसर प्रदान गरेको छ। २०८२ चैत ५ भित्र नजिकैका प्रदर्शन स्थलहरूमा पुगेर यी अत्याधुनिक SUV हरू अवलोकन गर्न आयोजकले आग्रह गरेको छ।








