0Shares

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालद्वारा आयोजित चौथो राष्ट्रिय महाधिवेशन विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थितिमा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।

डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय पूर्वनिर्देशक तथा ग्याट कन्स्टिच्युसनल एरिया लिडर इन्जिनियर सञ्जय खेतान र निवर्तमान अन्तर्राष्ट्रिय निर्देशक तथा ग्याट कन्स्टिच्युसनल एरिया लिडर बालकृष्ण बुर्लाकोटी प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै, अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्सी एवं एलसीआईएफ एरिया लिडर राजन लम्साल, पूर्व डिष्ट्रिक्ट गभर्नर तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, ग्याट एरिया लिडर शम्भुप्रसाद घिमिरे लगायत अन्य आमन्त्रित डिष्ट्रिक्ट गभर्नरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सो अवसरमा डिष्ट्रिक्ट गभर्नर पाण्डेद्वारा लायन्स अभियानअन्तर्गत “Our Past, Our Pride”  लायनवादमार्फत समुदाय सेवामा अतुलनीय योगदान पुर्याएका पूर्व डिष्ट्रिक्ट गभर्नरहरूलाई सम्मान गरिएको छ।  डिष्ट्रिक्ट गभर्नर पाण्डेले पूर्व गभर्नरहरूको समर्पण, नेतृत्व र मार्गदर्शन नै वर्तमान पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताइन्। उनले यस्ता अग्रज व्यक्तित्वहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको उल्लेख गरिन्।

त्यसैगरी, लायन वर्ष २०२५/२६ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ अन्तर्गतका डिष्ट्रिक्ट गभर्नरहरूबीचको सहकार्य र सेवाभावले दिगो परिवर्तनतर्फ अघि बढ्ने विस्वासका साथ कार्यक्रममा सहभागी  अन्य डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नरहरू १४ जना दाजुभाइबीच एक चेलीको रूपमा पाएको स्नेह र सम्मान सधैं अमूल्य रहने विश्वास व्यक्त गर्दै सम्मान गरेकी थिइन्।   “हाम्रो विगत हाम्रो गर्व हो—यही गर्वले भविष्य उज्यालो बनाउँछ” भन्ने सन्देशसहित सम्मान अर्पण गरिएको पाण्डेको भनाइ थियो ।

प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर  सूर्यकुमार केसी र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराई,क्याबिनेट सेक्रेटरी रामबहादुर श्रेष्ठ र क्याबिनेट ट्रेजरर लायन महेन्द्र कुमार राठीलगाएतलाइ पनि सम्मान गरेकी थिइन्।

महाधिवेशनको सफल आयोजनामा संयोजक तथा डिष्ट्रिक्ट ट्रेजरर महेन्द्र कुमार राठी, लायन्स क्लब अफ काठमाडौं समर्पणका अध्यक्ष पवनकुमार सोमानी, संस्थापक अध्यक्ष अजय बजाज, पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट चिफ पंकज जलानसहित समर्पण क्लबका सम्पूर्ण सदस्यहरूको सक्रिय योगदान उल्लेखनीय रहेको थियो ।

लायन्स क्लब अफ काठमाडौं समर्पणको सुदृढ व्यवस्थापनले कार्यक्रमलाई ऐतिहासिक तथा अविस्मरणीय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।

कार्यक्रममा की–नोट वक्ता महिला अधिकारकर्मी रिता शाहले पितृसत्ताको आधारभूत अवधारणामाथि प्रस्तुत गरेको विचारले कार्यक्रमलाई थप बौद्धिक तथा प्रेरणादायी बनाएको थियो।

महाधिवेशनले सेवा, समर्पण र नेतृत्वको भावनालाई अझ सुदृढ बनाउँदै नयाँ उचाइ तय गरेको डिष्ट्रिक्ट गभर्नर पाण्डेको भनाइ छ। उनले कार्यक्रमको सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण लायन्स लिडर, सदस्यहरू तथा होस्ट क्लबप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिन्। साथै, महाधिवेशनले सिर्जना गरेको ऊर्जा, एकता र प्रतिबद्धताका साथ आगामी दिनहरूमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

होस्ट क्लब लायन्स क्लब अफ काठमाडौं समर्पणले महाधिवेशनमा दर्ता भएका सदस्यहरूका लागि आयोजना गरेको १०० भन्दा बढी लक्की ड्र पुरस्कारले सहभागीहरूको उत्साह झन् बढाएको थियो, जसका कारण कार्यक्रमस्थल खचाखच भरिएको थियो।

लायन वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व चयन

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपालद्वारा आयोजित चौथो राष्ट्रिय महाधिवेशनले लायन वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ।

शनिवार काठमाडौंमा सम्पन्न महाधिवेशनबाट सूर्यकुमार के.सी. सर्वसम्मत रूपमा डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन्। त्यस्तै, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा शैलेन्द्र मोहन भट्टराई तथा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा विष्णु प्रसाद भण्डारी निर्वाचित भएका छन्।

नवनिर्वाचित नेतृत्वले आगामी कार्यकालमा संस्थाको सेवा कार्यलाई अझ प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected