0Shares

पोखरा, ११ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। बुधबार साँझबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाइएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुगेको छ। दोस्रो वर्ग (सुर्खेत र दाङ) मा प्रतिलिटर १८६ रुपैयाँ तोकिएको छ भने तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल) मा १८७ रुपैयाँ पुगेको छ।

यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि बढाइएको छ। पहिलो वर्गमा १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected