
0Shares
काठमाडौँ — प्रतिनिधि सभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। संसद् सचिवालयले तोकेको समयअनुसार दिउँसो २ बजेसम्म अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत रूपमा चयन भएका हुन्।
अर्यालको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन्।
अब आइतबार बस्ने प्रतिनिधि सभाको बैठकले अर्याललाई सभामुख निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ।
0Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















