0Shares

काठमाडौं । महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

शनिबार पशुपतिमा पत्रकार सम्मेलन गरी आगामी सोमबार हुने महाशिवरात्रिका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको कोषले जनाएको हो । कोषले पर्वका दिन फागनु २० गते पश्चिम ढोकाबाट एउटा र दक्षिण ढोकाबाट दुईओटा गरी तीन स्थानबाट मन्दिर दर्शनको व्यवस्था मिलाइएको जनाएको छ । यसैगरी, तिलगंगा, राम मन्दिरतर्फ पनि आवश्यकताअनुसार एउटा लाइन हुनसक्नेछ । महाशिवरात्रिभर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी परिचालन गरिनेछ भने करिब पाँच हजार नेपाल स्काउटका स्वंसेवक पनि परिचालन हुने कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिनुभयो ।

यसैगरी, साधु–सन्तहरुका लागि आवश्यक निःशुल्क भोजन, बसोबासको व्यवस्था मिलाइएको र धुनीकोसमेत व्यवस्था मिलाइसकिएको जनाइएको छ । कोषले पाशुपत क्षेत्रभित्र गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको बिक्री–वितरण, ओसार–पसार र प्रयोग नगर्नसमेत सबैलाई अनुरोध गरेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected