0Shares

न्युजिल्याण्डको क्रिस्टचर्चमा गत शुक्रबार भएको आक्रामणमा परि ४९ जनाको मृत्यु भयो । अल नूर मस्जिद र लिनवार्ड मस्जिदमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा कयौं घाईते समेत भए ।


उक्त घटना हुँदा न्युजिल्याण्ड भ्रमणमा रहेको बंगलादेश क्रिकेट टोली घटनास्थल भन्दा ५० यार्डको दुरीमा थियो । घटनापछि घरेलु टोली न्युजिल्याण्ड र बंगलादेशबीचको तेस्रो तथा अन्तिम टेस्ट रद्द गरिएको छ । लगतै बंगलादेशी खेलाडीहरु पनि त्यहाँबाट स्वदेश फर्किसकेका छन् । तर सो घटनाले खेलाडीहरुलाई अहिले पनि झस्काइरहेको छ । यसै विषयमा क्रिकेट सम्बन्धी लोकप्रिय अनलाईन न्युज पोर्टल क्रिक्इन्फोले बंगलादेश टोलीका व्यवस्थापक खालेद मस्हुदसँग गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ः

यस किसिमको घटना हामीले न कहिलै कल्पना गर्याैं, न विश्वको कुनै ठाउँमा होस् भन्ने चाहान्छौं । स्वेछिक अभ्यासको दिन थियो । दुई खेलाडी होटलमा फर्किसकेको थियो भने हामी १७ जना प्राथनाका लागि मस्जिद गएका थियौं । हामी मस्जिद भन्दा ५० यार्ड दूरीमा पुगेका थियौं र बसबाट सबै देखिरहेका थियौं ।


म साँच्चै नै हामी भाग्यमानी भन्छु । यदि तीन अथवा चार मिनेट अघिमात्रै पुगेको भए हामी मस्जिद भित्र हुन्थ्यौं । हामी मस्जिदभित्र भए हामी पनि उक्त आक्रामणको सिकार हुन सक्थ्यौं । हामी भाग्यमानी रह्यौ कि हामी त्यहाँ भएनौं । तर, हामीले जे देख्यौं त्यो पूरै फिल्मको द्धश्य जस्तै थियो । सायद हामीले आठ दश मिनेटसम्म मस्जिदका बाहिर रगताम्मे मान्छेहरु देख्यौं । हामीमाथि पनि गोली नबर्साइयोस् भनेर हामी बसमा टाउको लुकाएर बस्यौं ।


यदि सुटरले हामी बसभित्र छौ भन्ने थाहा पाए सबैलाई एउटै चिहान बनाइदिन सक्छ भन्ने जब हामीलाई लाग्यो तब हामी सबैले निर्णय गर्दै मैदानतर्फ भाग्यौं । मैदान पछाडीको गेट हुँदै हामी ड्रेसिङ रुम पुग्यौं । त्यहाँ हामीलाई स्थानीय सहयोगीहरुले कसरी त्यहाँबाट निस्केर होटल पुग्ने बताए । हाम्रा खेलाडीहरुले पनि उनीहरुको निर्देशन मान्यौं र त्यहाँबाट होटल पुग्यौं । पछि भिडियो हेर्दा बसबाट भाग्ने हाम्रो निर्णय सहि भए जस्तो लाग्यो । ती सुटरले मस्जिदबाट बाहिर निस्किए पछि पनि कयौंलाई गोली प्रहार गरेको भिडियोमा देखिन्थ्यो ।

होटलमा सबै खेलाडीलाई एउटै कोठामा बोलायौं र अन्य कुरा गर्दै दिमागलाई अन्यतिर मोड्ने प्रयास गरौं । किनकी हामी यस घटनाका कुनैपनि सम्झनाहरु आफुसँगै लिएर जान चाहँदैनौं । खेलाडीहरुको सामुहिक इफोर्टका कारण हामी बसबाट निस्कन सफल भयौं । यसका लागि म खेलाडीहरुलाई धन्यवाद भन्न चाहन्छु ।

साभारः इएसपिएन क्रिक्इन्फो

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected