0Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताउनुभएको छ । काठमाडौमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चारसम्बन्धी छाता ऐन ल्याउने र सञ्चार क्षेत्रलाई प्रोत्साहन दिन सरकार तत्पर रहेको पनि बताउनुभयो । लोकतान्त्रिक आन्दोलनको संघर्ष र अभ्यासकै जगबाट वर्तमान सरकार बनेको भन्दै उहाँले प्रेसमाथि नियन्त्रण गर्ने कुरा सोच्न नसकिने उल्लेख गर्नुभयो । पछिल्लो समय अनलाइन मिडियाहरुमा हेर्नै नसकिने विषयबस्तुहरु आउन थालेको भन्दै मन्त्री बास्कोटाले बेलाबेला मिडियाको आतंक जस्तो देखिन गरेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई तिहाई बहुमतको दम्भ देखाएर सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आंशका गर्नुभयो ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले मुलुकको राष्ट्रिय हितमा एकजुट भएर अघि बढनुपर्ने बताउनुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected