0Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी घोषणापत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा नेताहरुले चुनावी घोषणापत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका हुन् । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्याक्रमबारे शीर्ष नेताहरुसँग सुझाव माग गर्नुभएको थियो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले पार्टीको घोषणापत्र अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको थियो । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुख्यतः संविधानले भनेको समाजवाद उन्मुख नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिइएको र चुनावको घोषणापत्रलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिइएको बताउनुभयो । अहिलेसम्म सरकारले गरेका काम र उपलव्धीको रक्षा साथै विस्तार गर्न पनि प्रधानमन्त्री ओलीलाई नेताहरुले सुझाव दिएको बताउनुभयो ।

बैठकमा नेकपाका नेताहरुले पुँजीगत खर्च कार्यान्वयनमा अझै राम्रो क्षमता अभिवृद्धि हुन नसकेको अवस्थामा अव त्यसको लागि अझै काम गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected