0Shares

काठमाडौं । विश्व पुस्तक दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनीको आयोजना गरिएको छ ।

जेष्ठ ८ गतेसम्म चल्ने प्रदर्शनीमा ४०० पुस्तक राखिएका छन् । प्रदर्शनीमा पुस्तक खरिदमा ४० देखि ६० प्रतिशतसम्म छुट पाइने प्रज्ञा प्रतिष्ठानले जनाएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पाठकहरूको मागलाई ध्यानमा राखेर प्रज्ञा–प्रतिष्ठानले विभिन्न अवसरहरू पारेर पुस्तक प्रदर्शनी गर्ने गरेको बताउनुभयो । प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू बजारमा सहजै उपलब्ध हुन नसकेको अवस्थामा यस्ता प्रदर्शनीले पाठकलाई सुविधा दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रदर्शनमा प्रतिष्ठानका बार्षिक प्रकाशनका साथै पत्रिका र जर्नलहरु पनि राखिएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected