64Shares

पोखरा भ्यूज । नागरिक समाज पोखराले सञ्चालन गर्दै आएको ‘ ललित गौचन स्मृति समाजसेवा सम्मान’ यस वर्ष बाबा फाउण्डेसन नेपालका अध्यक्ष दीलिपराज श्रेष्ठलाई अर्पण गरिने भएको छ । समाजको हालै बसेको बैठकले श्रेष्ठलाई सम्मान अर्पण गर्ने निर्णय गरेको हो । श्रेष्ठ बाबा फ़ाउण्डेशन नेपालका संस्थापक हुन् भने बाबा हार्डवेयरका सञ्चालक हुन् । उनले बाबा फाउण्डेसनमार्फत वातावरण संरक्षण, कमजोर अवस्थाका बालबालिकाको शिक्षा दीक्षा, ट्राफिक ब्यबस्थापन लगायतका क्षेत्रमा योगदान दिदै आएका छन् ।

समाजसेवी ललित गौचनको स्मृतिमा उनको परिवारद्वारा स्थापित उक्त सम्मान नागरिक समाज पोखराले सञ्चालन गर्दै आएको छ । सम्मानितलाई दोसल्ला र कलात्मक फ्रेमसहितको सम्मान पत्रले सम्मान गरिने नागरिक समाज पोखराका पूर्व अध्यक्ष रामबहादुर पौडेलले जानकारी दिए ।

सम्मान कार्यक्रम फागुन २३ गते हुने भएको छ । स्वर्गिय ललित गौचनको स्मृति दिवसको अवसर पारेर सम्मान गर्न लागिएको पूर्व अध्यक्ष पौडेलले बताए ।

यसअघी यस सम्मानबाट प्रभा पन्त, गिरीराज अधिकारी, झपिन्द्रराज रेग्मी, ईन्द्र गुरुङ, शिवमाया श्रेष्ठ र विष्णुप्रसाद गुरुङ सम्मानित भइसकेको पूर्व अध्यक्ष पौडेलले जानकारी दिए ।

64Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected