नेपाली काँग्रेस पोखरा १६ द्वारा एउटै भेलाबाट चार टोल कार्यसमिति गठन

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस पोखरा १६ मा गठित टोल कार्यसमितिको संख्या १७ पुगेको छ । वुधबार अर्मलास्थित तुम्के खेलमैदानमा आयोजित वृहत् भेलाले एक साथ ४ वटा टोल कार्यसमिति गठन गरिएसँगै पोखरा १६ मा काँग्रेसको टोल कार्यसमितिको संख्या १७ पुगेको हो । यद्यपि टोल कार्यसमिति गठन प्रक्रिया जारी रहेको नेपाली काँग्रेस पोखरा १६ का सचिव धर्मराज थापाले बताए ।
उनका अनुसार मंगलबारको वृहत् भेलाले श्यामबहादुर गुरुङको नेतृत्वमा पुण्यभूमि, पुष्प गुरुङको नेतृत्वमा तुम्के–जोगीमणि, जीवनप्रसाद आचार्यको नेतृत्वमा छहरेपानी र नवीन तामाङको नेतृत्वमा माझकुना टोल कार्यसमिति गठन गरिएको हो ।
भेलामा सहभागी नेपाली काँग्रेसकी महासमिति सदस्य एवं टोली संयोजक रंगिला आचार्य, महाधिवेशन प्रतिनिधिहरु राधाकृष्ण गुरुङ, मदन बस्नेत, लक्ष्मी पाण्डे, जिल्ला सदस्य अर्पण कोइराला, जिल्ला प्रतिनिधिद्वय इन्द्र कुँवर र वर्षाकेशव पराजुली, क्षेत्रीय सदस्य ओममाया नेपाली, नेपाली काँग्रेस कास्की २ ख का उसभापति होमबहादुर बानियाँ, सचिव सुवर्णजंंग के.सी. प्रदेश अधिवेशन प्रतिनिधिद्वय ऋषिराम आचार्य र मञ्जुश्री थापा बस्नेत, पूर्वमहाधिवेशन प्रतिनिधिद्वय पदमसिंह गुरुङ र बुद्धिबहादुर गुरुङ लगायतका नेताले नवगठित चारै टोल कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई टीका र खादाले सम्मान गरेका थिए ।
भेलामा सम्बोधन गर्ने अधिकाँश वक्ताहरूले स्थानीय तहको अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसले चुनावी घोषणापत्रमा समावेश गरेका नीति तथा कार्यक्रमहरू प्रदेश सरकारमार्फत् पूरा गर्दै आएको दावी गरेका थिए । उनीहरूले आउँदो वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले समय सापक्ष नयाँ घोषणापत्रका साथ जनतासामु प्रस्तुत हुने बताए ।

त्यस्तै भेलामा आफ्नो भनाई राख्दै समाजिक अगुवा नरबहादुर परियारले आउँदो निर्वाचनमा नेपाली काँग्रेसका उमेद्वारलाई जिताउन प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।
उनले करिव ३० वर्ष अघिको स्थानीय चुनावको स्मरण गर्दै तत्कालीन अवस्थामा आफ्नो बुवा गोरे परियार नेपाली काँग्रेसको तर्फबाट प्रत्यासी भई खुल्ला प्रतिस्पर्धाबाट साविक अर्मला ४ को वडा सदस्यमा निर्वाचित भएको अवस्थामा बुवाका अधुरा कार्य गर्न राजनीतिमा क्रियाशील हुने उद्घोष गरे । ‘बुवाका पदचाप पछ्याउँदै बाँकी जीवन राजनीतिक र समाजसेवामा समर्पित गर्ने घोषणा गर्दछु,’ परियारले भने ।
कार्यक्रममा फर्निचर व्यवसायी छविलाल वि.क.ले स्थानीय चुनावको मिति नजिकिएसँगै अन्यले नागरिकहरूलाई दायँबायाँ भएको भनी तेजोबध गर्ने प्रयास गरेको तर्फ कडा प्रतिकार गर्दै आफू नेपाली काँग्रेसप्रति निष्ठापूर्वक क्रियाशिल रहेको जिकर गरे ।
नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिनाको सभापतित्वमा भएको भेलामा युवा नेता प्रदिप लामिछाने, समाजसेवी मनबहादुर गुरुङ (उदिम), महिला नेतृ गायत्री भट्टराई लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
पुण्यभूमि टोल कार्यसमितिको सभापतिमा श्याम
नेपाली काँग्रेस पुण्यभूमि टोल कार्यसमितिको सभापतिमा श्याम बहादुर गुरुङ चयन भएका छन् ।
समितिको उपसभापतिमा विष्णु गुरुङ, सचिवमा सूर्यप्रसाद पौडेल, कोषध्यक्ष रीता पौडेल चयन भएका छन् भने सदस्यमा वीरबहादुर गुरुङ, रेशु नेपाली, कमला गुरुङ, डिलबहादुर गौतम, सविना आचार्य, सृजना नेपाली चयन भएका छन् ।
तुम्के–जोगीमणि टोल कार्यसमितिको सभापतिमा गुरुङ
नेपाली काँग्रेस तुम्के–जोगीमणि टोल कार्यसमितिको सभापतिमा पुष्प गुरुङ चयन भएका छन् । तुम्के खेलमैदानमा मंगलबार आयोजित भेलाद्वारा गठित टोल कार्यसमितिको उपसभापतिद्वयमा प्रदिप लामिछाने र छविलाल वि.क., सचिवद्वयमा सविना बस्नेत र टिकाराम आचार्य, कोषाध्यक्षमा योगबहादुर गुरुङ चयन भएका छन् ।
त्यस्तै सदस्यमा राजु आचार्य, राम्जी वि.क., रामचन्द्र वि.क., कुलबहादुर वि.क., वीरसुवा गुरुङ, चन्द्रबहादुर तामाङ, मञ्जु नेपाली, चन्दाकुमारी गुरुङ, सावित्री गौतम, मिनबहादुर गुरुङ, कुमारी केसी, कृष्ण गिरी, सन्तबहादुर गुरुङ, सन्तकुमार गुरुङ, बाबुराम सापकोटा, होमनाथ अधिकारी, विष्णुप्रसाद अधिकारी, टिकाराम चुँई, अक्कलबहादुर परियार चयन भएका छन् ।
छहरेपानी टोल कार्यसमितिमा जीवनप्रसाद आचार्य
नेपाली काँगे्रस छहरेपानी टोल कार्यसमितिको सभापतिमा जीवनप्रसाद आचार्य चयन भएका छन् । तुम्के खेलमैदानमा मंगलबार आयोजित भेलाद्वारा गठित टोल कार्यसमितिको उपसभापतिमा विश्वराज आचार्य, सचिवमा गणेश ढकाल, सहसचिवमा रेशमप्रसाद आचार्य, कोषाध्यक्षमा तिर्सना आचार्य चयन भएका छन् ।
त्यस्तै सदस्यमा माधव आचार्य, रामचन्द्र आचार्य, मिनराज आचार्य, हरिप्रसाद गौतम, इन्द्रा भुजेल, भक्तबहादुर वि.क., सुस्मिता आचार्य, विनोद आचार्य, देवीलाल भट्टराई, नवीन आचार्य र गोकर्ण आचार्य चयन भएका छन् ।
माझकुना टोल कार्यसमितिको सभापतिमा गुरुङ
नेपाली काँग्रेस माझकुना टोल कार्यसमितिको सभापतिमा नवीन तामाङ चयन भएका छन् । तुम्के खेलमैदानमा मंगलबार आयोजित भेलाद्वारा गठित टोल कार्यसमितिको उपसभापतिमा हिमलसिंह तामाङ, सचिवमा निशा वि.क., कोषाध्यक्षमा बुद्धिश्री तामाङ चयन भएका छन् ।
त्यस्तै सदस्यमा सुमन आचार्य, प्रेम वि.क., एकप्रसाद रिमाल, बालकृष्ण आचार्य, विष्णुप्रसाद आचार्य, कस्मिरी गुरुङ, कमाल रिमाल, रश्मी तामाङ, बलराम सुवेदी, चिन्तामणि अधिकारी, आइतलाल नेपाली, मोतीलाल के.सी. कालु वि.क., दुर्गा वि.क., र सिर्जना वि.क. चयन भएका छन् ।





















