0Shares

पोखरा भ्यूज
२२ माघ, काठमाडौं। प्रहरीले काठमाडौं न्‍यूरोडबाट दुई हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद ७८ लाख ५० हजार रुपियाँ समेत बरामद भएको छ ।

प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानरपालिका ९ घर भई हाल बिजुली बजार बस्‍ने २३ वर्षीय किशोर चौधरी र कैलालीको गोदावरी नगरपालिका १० घर भई हाल विजुलीबजार १० बस्‍ने ५९ वर्षीय दिपेन्द्रबहादुर मल्ल रहेका उक्त रकम सहित पक्राउ परेका हुन् ।

काठमाडौं न्‍यूरोड एरियामा विभिन्‍न व्‍यक्तिहरुले नेपाल राष्ट्र बैंकले आदेशविपरीत हुण्डीको कारोबार भइरहेको भन्‍ने सूचनाको आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected