
पोखरा । रक्तदान जीवन दान’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले पोखरामा बृहत् रक्तदान सम्पन्न गरेको छ ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लस्टर दुई, तीन र चारका क्लबहरुको संयुक्त आयोजनामा विभिन्न तीन ठाउँमा आयोजित रक्तदानमा १५७ यूनिट रगत संकलन भएको डिष्ट्रिक्ट एक्जुकेटिभ (ब्लड डोनेशन) युवराज खनालले जानकारी दिए ।

रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रम क्लस्टर दुईले चिप्लेढुगा, तीनले अमरसिंह चोक र चारले पृथ्वीचोकमा आयोजना गरेका थिए । क्लस्टर दुईमा भावना बसेल चिफ र सुशील पौडेल को–चिफ, तीनमा विष्णु श्रेष्ठ चिफ र रेश्मा शेरचन अधिकारी को–चिफ, चारमा डिल थापा चिफ र शोभा बानियाँ को –चिफ रहेका छन् । प्रत्येक क्लस्टरमा दुई रिजन सहित चार वटा जोन रहेका छन् भने प्रत्येक जोनमा बढ़ीमा चार र कम्तिमा तीन वटा क्लब रहेका छन् ।
डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुगाना, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले प्रतिकूल मौसममा पनि लायन्स सेवाको क्षेत्रमा समर्पित हुन्छन भन्ने सन्देश यस कार्यक्रमले दिएको बताउदै पोखरामा भएको रगत अभावलाइ केही हदसम्म पूरा गर्न रक्तदान कार्यक्रम राखेकोमा धन्यवाद दिएका थिए ।








सम्बन्धित खवर
















