
काठमांडौ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको सल्लाहकार परिषदको बैठक सम्पन्न भएको छ । असार २१ र २२ गते होटल सारथी प्रा.लि, धुलिखेलमा सम्पन्न सल्लाहकार परिषदको बैठकमा एक सय बढी डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रमुख सल्लाहकार शैलेन्द्र मोहन भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार सो बैठकमा लायन बर्ष २०२४/२५ का डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले ल्याएका वार्षिक कार्यक्रमहरूको उत्कृष्ट कार्यसम्पादनका बिषयमा लिड़रहरूले आ–आफ्नो सल्लाह सुझाव दिएका थिए ।

डिष्ट्रिक्टका प्रमुख सल्लाहकार शैलेन्द्र मोहन भट्टराईको अध्यक्षता डिष्ट्रिक्टका पिआरओ ईन चिफ बिष्णुप्रसाद भण्डारीको संचालन रहेको परिषद बैठकमा डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्य कुमार केसी, लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्साल, निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, पूर्व डिष्ट्रिक्ट गभर्नरद्वय रामबहादुर बसेल र इन्दु लम्साल, क्याविनेट सेक्रेटरी, क्याविनेट ट्रेजररलगाएत डिष्ट्रिक्टका सिनियर लिड़रहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले लायन बर्ष २०२४/२५ का बार्षिक कार्यक्रम सहित डिष्ट्रिक्टका महत्त्वपूर्ण योजना साथै डिष्ट्रिक्टमा लागूहुने नीति नियम तथा पालना गर्नुपर्ने निर्देशनबारे जानकारी गराईएको डिष्ट्रिक्टका क्याविनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले बताए । तिवारीका अनुसार डिष्ट्रिक्टका पूर्व गभर्नरलगाएत सिनियर लिडरहरूले आ–आफ्ना राय सुझावसहित डिष्ट्रिक्ट गभर्नरले ल्याएका वार्षिक कार्यक्रमलाई सफल बनाउन कुनै कमी हुन नदिने प्रतिबद्वता व्यक्त गरेका थिए ।







सम्बन्धित खवर
















