216Shares

टंकराज अधिकारी, काठमांडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५आईनेपालको डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन समारोह एवं पहिलो क्याविनेट मिटिङ शनिवार काठमांडौंमा सम्पन्न भएको

डिष्ट्रिक्ट पदाधिकारीहरुलाई लायन्स अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकाटीले पद तथा गोपनियताको सपथ खुवाई पदस्थापित गराएको डिष्ट्रिक्टका पिआरओ इन चिफ एवं पदस्थापन समारोहका संयोजक बिष्णु प्रसाद भण्डारीले जानकारी दिए

पदस्थापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि निर्देशक वालकृष्ण वुर्लाकोटीले लायन्सका अन्तराष्ट्रिय प्रेसिडेन्ट फोब्रिसियो वलिभेराले यस वर्ष अघि सारेकोमिसन .लाई सफल बनाउन  सदस्यता बद्धि अभियान सफल बनाउन डिष्ट्रिक्ट ३२५ आई सक्षम रहेको जनाउँ दिए सामाजिक क्षेत्रमा नेपाली लायन्सहरुले पुर्र्याएको योगदान महत्वपूर्ण रहेको धारणा राखे

कार्यक्रमका की नोट स्पीकर नेपाल राष्ट्र बैकका निर्देशक राजन बिक्रम थापाले सामाजिक काम  नेतृत्व हस्तान्तरणको क्षेत्रमा लायन्सबाट समाजले शिक्षा लिनुपर्ने बताउदै लायन्सले समाजमा खेलेको भुमिकाको खुलेर प्रसंसा गरेका थिए

नेपालको अर्थतन्त्रमा बिद्यमान अवसर तथा चुनौतिका बारेमा आफ्नो भनाई राखेका थिए नेपालमा रहेर मुलुकलाई योगदान दिन सक्ने समाज रुपान्तरणमा राजनैतिक दल भन्दा पनि सामाजिक संघ संस्था र आन्दोलनको भूमिका महत्वपूर्ण हुने भएकोले सकारात्मक परिवर्तनका लागि क्रियाशिलता बढोस भनि शुभकामना ब्यक्त गरेका थिए । थापाले विदेशी मुद्रा संचितिको अवस्था देशको आयतलाई १४/१५ महिनासम्म धान्न सक्ने स्थितिमा रहेको कुरालाई सकरात्मक मान्नु पर्ने बताउदै नेपालले समृद्धिको यात्रा सुरु गरिसकेको सकरात्मक सोचका साथ अगाडि बढ्न आवश्यक रहेको उनको भनाई थियो

कार्यक्रममा लायन्सका अन्तर्राष्ट्रियका एलसिआइसफ एरिया लिडर राजन लम्साल, जिएलटी एरिया लिडर खगेन्द्र सिटौला, डिष्ट्रिक्ट ३२५ एस का डिष्ट्रिक्ट गभर्नर विमलकुमार होडा, निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीलगाएतले डिष्ट्रिक्ट ३२५ आई नेपालले सञ्चालन गरेका सामाजिक कार्यक्रमहरु तत्कालीन दीर्घकालीन रुपमा निकै उपलब्धीपूर्ण रहेको बताउदैलायन बर्ष २०२४/२५ का डिष्ट्रिक्ट गर्भनर बिनोद ढुङगानालाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए

कार्यक्रमका अध्यक्ष तथा डिष्ट्रिक्ट गभर्नर ढुंगानाले डिष्ट्रिक्ट ३२५ आई नेपाल सेवा, योगदान, सदस्यता बृद्वीमा सँधै अब्बल हुने दाबी गर्दै कार्यकाल सुरूवातको दिनबाटै अपेक्षित लक्ष्य प्राप्त गर्दै गईरहेको बताए कार्यक्रममा डिष्ट्रिक्टका विभिन्न पदमा रहेर उत्कृष्ट कार्यगर्ने लायन्स क्लबहरू तथा विभिन्न क्लब डिष्ट्रिकका पदाधिकारीलाई विभिन्न शिर्षकमा पुरस्कार प्रदान गरिएको थियो

गभर्नर ढुंगानाले २० दिनमा २० क्लब चार्टर गर्नमा सहयोग पुर्रायाउने क्लब अध्यक्ष, स्पोन्सर क्लबका अध्यक्ष र धेरै क्लब चार्टर गर्ने क्लबलाई सम्मान गरिएको थियो । दुई दिन अघि मात्र अन्तराष्ट्रिय प्रेसिडेन्ट फोब्रिसियो वलिभेरा मार्फ़त प्राप्त बल धेरै क्लब चार्टर गर्ने क्लब काठमांडौ टेम्पल गणेशलाई ढुंगानाले हस्तान्तरण गरेका थिए ।                                  

उनले मानवता पहिलो प्राथमिपताको नारालाई कार्यान्वयन गर्न आर्थिक रुपमा क्लबलाई सक्षम तुल्याउन लायनहरुलाई क्लवले प्रदान गर्ने मानविय सेवामा लाग्नको लागि आकर्षित गर्नु पर्ने खाँचो औल्याए।अपाङताको क्षेत्रमा काम गर्नका लागि अपाङता हाम्रो आत्मियता नारालाई बर्ष भरि नै प्राथामिकतामा राखेरकार्य गर्ने जनाए

सम्पुर्ण लायन्सहरुको अदम्य साहस सहयोगबाट नयाँ उर्जाका साथ यस डिष्ट्रिक्टलाई सफल डिष्ट्रिक्टकोरुपमा लायन्स अन्र्तराष्ट्रियमा स्थापित गराउन आफु दृढ रहेको बताए

उनले भने हिजोका दिनमा जस्तै सबैको साथ सहयोग पाउनेमा आफु बिश्वस्त रहेको पनि बताए साथै यसबर्षको डिष्ट्रिक्टको नारा ह्युमानिती फस्टमानवता पहिलो प्राथमिकतालाई ह्दयगम गर्दै नयाँ ढंगले मानवसेवाका कार्यमा अत्यन्त उत्साह, हौसला साथ लाग्न समेत आग्रह गरे

कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चियरपर्सन मनबहादुर रोका, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, द्वितीय भाइस डिष्ट्रिक्ट गर्भनर सूर्यकुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, इन्दु लम्साल कार्यक्रमका संयोजक बिष्णु भण्डारी, रजिष्ट्रेसन उपसमिति संयोजक सन्दीप क्षेत्री पराजुली लगायतले बोलेका थिए

कार्यक्रममा ३२५ आई नेपालका क्याविनेट अफिसरहरु, विभिन्न क्लबका अध्यक्षहरु, क्लब अफिसरहरु तथाक्लबका सदस्यहरु सहित करिव हजार बढी लायन सदस्यहरु सहभागी भएको क्याबिनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले जानकारी दिए

पहिलो क्याविनेट बैठकको संयोजन काठमाण्डौ स्थित क्लबहरु लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध, काठमाडौ मध्य शहर, काठमाडौं तारकेश्वर प्लानेट, काठमाडौं समर्पण, काठमाडौं तारकेश्वर, काठमाडौं सामाखुशी, काठमाडौं टेम्पल गणेश, काठमाडौं गुलमोहर टाइकुन, काठमाडौं भृकुटी, काठमाडौ टेम्पल पिसकाभ्रे काठमाडौं निलगिरीले संयुक्त रूपमा गरेका थिए

डिष्ट्रिक्ट ३२५ आईले २० दिनमा २० क्लब चार्टर

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले कार्यकाल सुरूवातीको २० दिन मै २० क्लब चार्टर गर्न सफल भएको । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन एवं प्रथम क्याविनेटमिटिङ उद्घाटन समारोहबीच सम्बोधन गर्दै डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले उक्त कुरा बताएका हुन्

यस अघि विहिवार काठमांडौंमा सम्पन्न लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष फोब्रिसियो वलिभेराको सम्मानमा आयोजित एक कार्यक्रममा १८ दिनमा १८ गोलगर्न सफल भएकोमा  ‘हाईएस्ट क्लव चार्टड’ अवार्डबाट गभर्नर ढुंगानालाई सम्मान गरिएको थियो

लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष फोब्रिसियो वलिभेराले १८ दिनमा १८ गोल गर्न सफल भएकोमा सिम्बोलिक रूपमा फुटबल हस्तान्तरण गरी सम्मान गरेका थिए ।

 

216Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected