43Shares

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल, क्लस्टर , रिजन  जोन को पहिलो जोन मिटिङ आइतवार सम्पन्न भएको
बैठकमा जोन अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा साधना, पोखरा फ़र्निसिङ, पोखरा प्रोफेशनल, पोखरा स्मार्ट महाशिलाका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको सहभागीता रहेको थियो

बैठकमा वटै क्लबले हालसम्म सम्पादन गरेका कार्य बाँकी कार्यक्रमहरू प्रस्तुत गरेका थिए लायन्स अन्तरराष्ट्रियको बिधी बिधान अनुसार जोन चेयरपर्सनले एक बर्षे कार्यकालमा आफ्नो माताहतमा रहेका क्लब लिएर कम्तिमा वटा जोन मिटिंग गर्नुपर्ने प्रावधान रहेको जसमा पहिलो मिटिंगमा वार्षिक कार्ययोजना सम्बन्धि छलफल, दोश्रोमा सदस्यता बृद्धि, तेश्रोमा लिडरशिप चौथोमा बर्ष भरि गरेका कार्यहरूको समिक्षासहित फेलोशिपलाई प्राथमिकता दिईने जोन चियरपर्सन सिता पौडेलले जानकारी गराईन्

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका चिफ एडभाइजर शैलेन्द्र मोहन भट्टराईले लायन्सले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए  क्लबहरूले सामाजिक कार्यलाई निरन्तरता दिई उत्कृष्ट कार्य सम्पादन गरेकोमा गर्व महशुष गरेको भट्टराईले बताए

जोन चियरपर्सन सिता पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा डिष्ट्रिक्टका कोचिफ एडभाईजरद्वय ऋषि गिरी  अमृत शोभा खत्री, डिष्ट्रिक्ट को-अर्डिनेटर रहमोहन सुवेदीलगाएत डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो

कार्यक्रममा ग्लोबल कजेज चेयरपर्सन कमला गुरूङ, क्लस्टर का कोक्लस्टर चिफ शूसिल पौडेल, रिजन ८ का रिजन चेयरपर्सन जिवन प्रकाश श्रेष्ठ लगाएतले क्लबले गरेका कार्यको उच्च प्रसंसा गर्दै लायन्सले गर्नुपर्नेकाम, कर्तव्य उत्तरदायित्वको बारेमा प्रकाश पारेका थिए

43Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected