
पोखरा । ऊ बेला अहिलेको जस्तो मिन्सुरेन्सबारे खुलेर कुरा गर्ने चलनै थिएन । अझ पहिलो रजश्वला हुँदा पुरुष रसूर्यलाई देख्नै हुन्न भनेर गोठ धन्सारमा लुकाउने प्रचलन थियो । यद्यपि अहिले भने रजश्वलाबारे खुलेरै कुराहुन्छ । छोइछिटोजन्य विभेद पनि हटेको छ ।
तर आज ३५ वर्षपछि भेटिएका साथीहरुले कक्षा सातमा पढ्दैगर्दा रजश्वला हुँदाको भएको घटना सम्झिएर साथीहरु समेतलाई सुनाउँदा सबैका अधरमा हाँसोका फोहोराहरु छुटे ।
पोखराको हेमजास्थित सुइँखेत भ्याली रिसोर्टमा माछापुछ्रे मावि, ढिकुरी पोखरी कास्कीको २०४७सालका व्याची साथीहरुको जमघट भएका सुन्तली (परिवर्तित नाम) र बसन्ती (परिवर्तित नाम) ले कक्षा सातपढ्दा त्यति बेलाको घटना सुनाएर सबैलाई छक्क पारे ।
कुरा २०४४ सालको मंसिर महिनाको थियो । सुन्तली र बसन्ती बिधालयको हाफ छुट्टीमा नजिकको खाजा खाने स्थानमा थिए । त्यही बेला सुन्तलीको पहिलो रजश्वला हुन्छ । उनी डाँको छोडेर रुन कराउन थालीन, जतिजति योनिबाट रक्तस्राव हुन्छ, उतिउति सुन्तली कराउन थालेपछि बसन्तीले नरोई म उपाए निकाल्छु भनि सिरकको खोल च्यातेर सुन्तलीका लागि घरेलु प्याड तयार पारिदिएर सुन्तलीको पहिलो रजश्वलाको व्यवस्थापन गरिदिएकी थिईन् ।
हो, त्यही घटना आज ३५ वर्षपछि उनीहरुले आफ्ना सहपाठी माझ सार्वजनिक गरे । अहिले बजारमा अनेक प्रकारका आधुनिक प्याड रमिन्सुरेन्स कप जस्ता सामाग्री आएका पाइन्छन् । विद्यालयका शौचालयहरुमा प्याड समेत राखिएका हुन्छन् तर त्यतिबेला प्याडको पहुँच थिएन, थोत्रा कपडा बेरेर व्याडको काम चलाउ गरिन्थ्यो । ३५ वर्षमा भएको परिवर्तनको कथा बसन्ती र सुन्तलीले खासखुस खासखुस कुरा गरी मुर्छा पर्ने हाँसे पछि साथीहरुको जोडबलमा उक्त कुरा सुनाए । बसन्ती हाल वैदेशिक रोजगारीमा छन् भने सुन्तली वीमा अभिकर्ता र सामाजिक अभियन्तामा क्रियाशील छिन् ।
वि.स. २०८० मा संगठित भएको माछापुछ्रे मावि एसएलसी समूह–२०४७ ले बेलाबेला सहपाठीलाई भेला गराएर जिन्दगीका यात्रामा भोगेका तितामीठा अनुभव आदानप्रदान गर्दै आएको छ ।














