0Shares

पोखरा — लायन्स क्लब अफ पोखरा पिस सिटीको वर्ष २०२६–२७ का लागि रवि कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। जसअनुसार प्रथम उपाध्यक्षमा तीर्थराज सुवेदी, द्वितीय उपाध्यक्षमा विल बहादुर भुजेल, सचिवमा याम बहादुर पनेरू तथा कोषाध्यक्षमा शैलेश रायमाझी निर्वाचित भएका छन्।

क्लबका वर्तमान अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षतामा तथा निवर्तमान अध्यक्ष दीपेन्द्र चालीसेको संयोजनमा सम्पन्न निर्वाचन कार्यक्रममा क्लबका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको थियो।

सन् २०१२ मा स्थापना भएको लायन्स क्लब अफ पोखरा पिस सिटीले स्थापनाकालदेखि नै विभिन्न सामाजिक तथा खेलकुद कार्यक्रममार्फत समुदायमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। विशेषगरी, क्लबले केही वर्ष अन्तरालमा लायन्स फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो, जसले लायन्सको ब्रान्डिङमा महत्वपूर्ण योगदान पुर्‍याएको थियो।

क्लबले फुटबल प्रतियोगिताको छैटौं संस्करणसम्म सफलतापूर्वक सम्पन्न गरिसकेको छ। उक्त प्रतियोगितामा खुला तथा भेट्रान समूहअन्तर्गत छुट्टाछुट्टै प्रतिस्पर्धा गराउँदै खेलाडीहरूलाई अवसर प्रदान गरिएको थियो। नयाँ कार्यसमितिले आगामी दिनमा सामाजिक सेवा, खेलकुद प्रवर्द्धन तथा सामुदायिक विकासका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected