0Shares

काठमाडौं । धाँधलीपूर्ण रुपमा क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा पठाइएको भन्दै रौतहट काँग्रेसीहरुले पार्टी केन्द्रीय कार्यालयमा एकसय ७ दिनदेखि गरेको अनसन अझै जारी छ । उनीहरु १०७ दिनदेखि अनसनमा छन् । रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा क्रियाशील सदस्यता विवाद सुल्झिएको छैन ।

शनिबार तिहारका दिन १२ जना नेता कार्यकर्ता अनसनमा रहेको रौतहट कांग्रेसका कोषाध्यक्ष राम श्रेष्ठ साहले जानकारी दिए । साहसहित महासमिति सदस्य डा. देवचन्द्र मिश्र, पूर्व स्वास्थ्यराज्यमन्त्री ब्रजकिशोर सिंह, महाधिवेशन प्रतिनिधि उदय यावदलगायत अनसनमा छन् ।कांग्रेसले विवादकै कारण रसुवा र रौतहट जिल्लाको क्रियाशील सदस्यता नामावली अझै सार्वजनिक गरेको छैन । बाँकी जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढिसकेको छ ।

जिल्ला पार्टी सभापतिले मनोमानी रुपमा क्रियाशील सदस्यता वितरण भएको र केही पूराना नेताहरुको सदस्यता नवीकरण नभएको आन्दोलनरत पक्षले बताउँदै आएको छ । क्रियाशील सदस्यता विवाद कायमै रहेको अवस्थामा रौतहट र रसुवाको अधिवेशन प्रक्रिया प्रभावित हुने निश्चित छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected