
पोखरा । पोखरामा लागू औषधसहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ जिल्ला दोर्दी गाउँपालिका वडा नं. ७ घर भई हाल पोखरा बस्ने वर्ष ३१ की प्रेमा गुरुङ र गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नं. २ घर भई हाल पोखरा बस्ने वर्ष ३१ की कोपिला अर्याल छन् । उनीहरु पोखरा नयाँबजारमा सँगै डेरा गरी बस्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले दिएको जानकारी अनुसार उनीहरुको साथबाट डाईजापाम ७४ एम्पुल, ब्रुफिनुर्फिन ७० एम्पुल, फेनेरागन ७२ एम्पुल गरी जम्मा २१६ एम्पुल लागूऔषध समेत बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा सिमलचौरमा शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा सोमबार उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।






सम्बन्धित खवर
















