19Shares

जनकपुरधाम । धनुषामा बुधबार भएको बस दुर्घटना परी १० यात्रु घाइते भएका छन् । दुर्घटनामा परेलगत्तै बसमा आफैं आगलागी समेत भएको छ ।आगलागीपछि बस पूर्ण रुपले जलेर ध्वस्त भएको छ ।

दाङबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस आफैं अनियन्त्रित भई पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–६ मालटोलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि बस चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ बस्ने ४० बर्षीय भगवतीप्रसाद कर्ण र सहचालक फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

19Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected