
पोखरा भ्यूज
पोखरा । लायन्सले २०७२ सालको भुकम्पमा परी पूर्ण क्षति ग्रस्त सामुदायिक बिधालय भवन निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ ।
पाँच वर्षअघिको विनाशकारी भूकम्पले पूर्ण क्षति पुर्रयाएका विद्यालय भवन लायन्स अन्तरराष्ट्रियको ठुलो धनराशि सहयोगमा लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका तर्फबाट नेपाल सरकारको अनुमोदनमा सामुदायिक बिधालय भवन निर्माण गरेको थियो ।

नेपालका विभिन्न स्थानमा निर्मित १८ वटा सामुदायिक बिधालय भवन निर्माण सम्पन्न भै समुदायलाई आधिकारिक रुपमै हस्तान्तरण गरिएको मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोकाले जानकारी दिए ।
उनले मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका तर्फबाट भवन निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैमा हार्दिक आभार एवं धन्यवाद पनि व्यक्त गरेका छन । ‘ऎतिहासिक सफलता हासिल गरेका छौ, हार्दिक बधाई ४६ हजार बढ़ी नेपालका लायन्सहरुलाई’ ।
बिधालय भवनहरु निर्माण गर्न र प्रोजेक्ट सम्पन्न गर्नका लागि पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन गिरधारी शर्मा प्रोजेक्ट चेयरपर्सन रहेका थिए ।

बिधालय भवन निर्माण गर्ने प्रोजेक्ट देख़ि समुदाय केन्द्रित अन्य प्रोजेक्टहरु नेपालमा ल्याउन पूर्व अन्तरराष्ट्रिय डाईरेक्टर संजय खेतानको उल्लेख्य भूमिका रहेको रोकाले बताए । यसका साथै लायन्स अन्तरराष्ट्रियका पूर्वअध्यक्ष रमेश अग्रवाल, अग्रज लायन्स लिडरहरू बालकृष्ण बुर्लाकोटी, खगेन्द्र सिटौला, वर्तमान डिष्ट्रिक्ट गभर्नर, पूर्व डिष्ट्रिक्ट गभर्नर लगाएत प्रोजेक्टका कर्मचारी सवैमा लायन्स क्लब्स अन्तरास्ट्रिय मल्टिपल ३२५ नेपालका तर्फबाट रोकाले सामाजिक संजाल मार्फत आभार एवं धन्यवाद व्यक्त गरेका छन ।
लायन्सले समुदायमा गरेका विभिन्न सामाजिक कार्यहरू https://www.lionsclubs.org.np/projects मा हेर्न सकिने छ ।












