
पोखरा विश्वविद्यालयले चिकित्सा शिक्षाका विभिन्न विषयको अध्यापन शुरु गर्ने भएको छ ।
विश्वविद्यालयले आफैंले तथा अन्य शिक्षण संस्थालाई सम्बन्धन दिएर यसको अध्यापन शुरु गर्ने योजना बनाएको छ । यस योजनाको कार्यान्वयनकालागि विश्वविद्यालयले पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनमा १०० शैय्याको शिक्षण अस्पताल बनाउन लागेको हो । अस्पताल बनाउनकालागि विश्वविद्यालयले विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइई) अध्ययन प्रतिवेदन तयार गर्ने सम्झौता गरेको छ । आगामी चार महिनाभित्र प्रतिवेदन तयार हुने गरी गर्न लागिएको अध्ययनले अस्पतालले स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक–आर्थिक, जनस्वास्थ्य र सांस्कृतिक पक्षमा पार्नसक्ने सम्भावित वातावरणीय प्रभावको पहिचान, सम्भावना र विश्लेषण गर्नेछ । साथै प्रतिवेदनमा प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्नेतर्फ आवश्यक सुझाव समेत दिने छ ।
आफ्नै अस्पताल बनाउन समय लाग्ने भएकाले हालको छात्रावासलाईनै अस्पतालका रुपमा प्रयोग गर्ने योजना विश्वविद्यालयले बनाएको छ ।








सम्बन्धित खवर
















