32Shares

पोखरा भ्यूज

असार १७, पोखरा । लायन्स क्लब्स इण्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालका प्रथम डिष्ट्रिक्ट गभर्नर धुर्वबहादुर श्रेष्ठले डिष्ट्रिक्ट गभर्नरको पदभार ग्रहण गरेका छन् । लायन बर्ष २०२२/२३ का डिष्ट्रिक्ट गभर्नर श्रेष्ठसँगै प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर हरिप्रसाद मरहठ्ठा र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर मिलन थापाले पनि पद भार ग्रहण गरेका हुन ।
हरेकवर्ष जुलाई १ तारिखमा नयाँ डिष्ट्रिक्ट गभर्नरको पदभार ग्रहण गर्ने व्यवस्था अनुरूप आगामी १ वर्षका लागि श्रेष्ठले पहिलो गभर्नरका रूपमा पदभार ग्रहण गरेका हुन् । उनी लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष हुन् ।

पद ग्रहण समारोहमा पूर्व मल्टीपल काउन्सिल चेयर पर्सन प्रेम बहादुर श्रेष्ठ, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू धुर्व थापा, योगेन्द्र प्रधान साथै डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो ।

32Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected