54Shares

पोखरा भ्यूज

पोखरा । पोखरामा विभिन्न चार वटा लायन्स क्लब एउटा लियो क्लबको पदस्थापन सम्पन्न भएको पोखरा६ बैदाम स्थित होटल क्विंस पार्कमा आयोजित एक समारोहका बिच पाँचवटै क्लबका अध्यक्ष सहित क्लब पदाधिकारीहरूको सामुहिक पदस्थापन गरिएको हो

पदस्थापित हुनेमा लायन्स क्लव अफ पोखरा अन्जुली अध्यक्ष निरा कोईराला, पोखरा म्याग्दीका अध्यक्ष सुजन पुन, पोखरा बरपिपल चौतारीका अध्यक्षमा विनय सुवेदी साथै पोखरा अन्जुलीद्वारा नयाँ गठन भएको लायन्स र लियो क्लब पोखरा आरम्भका संस्थापक अध्यक्ष गणेश बस्नेत लियो क्लब अफ पोखरा अन्जुलीका संस्थापक अध्यक्ष संभाव्य बिजय कोईराला लगाएत क्लबका पदाधिकारी रहेका छन्

प्रत्येक बर्ष जुलाई १ देख़ि  जुन ३० सम्म एक बर्षे कार्यकाल रहने लायन्स क्लबमा उनिहरू सम्पूर्णको एकैसाथ पदस्थापन गरिएको छ ।

 लायन्सको विधि परम्परा अनुसार लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बसेलले उनिहरूलाई पदस्थापना गराएका हुन् क्लबहरूले पोखरामा विभिन्न परोपकारका काम सहित समाजिक गतिविधीका कार्यक्रमहरु गर्दै आएका छन्

कार्यक्रममा लायन बर्ष २०२१/२२ का तिनवटै क्लबका अध्यक्षहरू पोखरा अन्जुलीका बिना पाईजा, पोखरा म्याग्दीका खिमन गर्बुजा, पोखरा बरपिपल चौतारीका सोमनाथ अधिकारीले आफ़नो कार्यकालमा भए गरेका कार्यहरूको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए

लायन्स क्लब अफ पोखरा अन्जुलीका बर्ष २०२१/२२ का अध्यक्ष बिना पाईजा २०२२/२३ का अध्यक्ष निरा कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, बिनोद ढुङगाना, क्याविनेट ट्रेजरर सूर्यनारायण बराल, डिष्ट्रिक्ट जिएसटी कोअर्डिनेटर एवं अन्जुलीका पूर्व अध्यक्ष अमृत शोभा खत्री, पोखरा बरपिपल चौतारीका प्रथम उपाध्यक्ष नवराज पौडेल, अन्जुलीका सचिव साधना थापा लगाएतले आफ्नो भनाई राखेका थिए

54Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected