40Shares

पोखरा भ्यूज

पोखरा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालले म्याग्दी पर्वतका बाढी पहिरो पीडितका लागि आपत्कालीन राहत सामग्री पठाएको लायन्स अन्तरराष्ट्रिय एलसीआईएफको डिजास्टर रिलिफ इमर्जेन्सी ग्रान्ट अन्तर्गत (EMR21408/3251) प्राप्त दश हजार डलर डिष्ट्रिक्ट ३२५ आई नेपालको डिजास्टर फण्डबाट करिव लाख रक़मबाट बाढी पहिरो पीडितहरूका लागि समान पठाएको हो

म्याग्दीको मालिका गाउँपालिकाको रुम, देवीस्थान लगाएतका ठाउँमा गत महिना साउन १७ गतेको पहिरोको कारण विस्थापित घरपरिवारका लागि राहत सामग्री पठाईएको डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले बताए पहिरोबाट घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु समेत भएको थियो भने पूर्ण रुपमा क्षती पुगेका केहि बिस्थापित घरपरिवारलाई राहत सामग्री पठाईएको केसीले बताए 

बुधवार पोखराबाट म्याग्दीका ३० घर परिवार पर्वतका घर परिवार गरी पहिरो प्रभावित ३५ घर परिवारका लागि तत्कालको गर्जों टार्न अत्यावश्यक सामग्री पठाएको द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढ़ुङगानाले जानकारी दिए।

डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी हरिराज पन्तका अनुसार एक घर परिवारका लागि तत्कालको आवश्यकता भाँडाकुडाँ देख़ि खाद्यान्न सहितका सामग्रीमा चामल, नुन, तेल, चिनी चियापत्ती, प्रेसर कुकर, थाल, कचौरा, डाड़ुपनियो, ब्लाङकेट, म्याट्रेस लगाएतका दैनिक उपभोग्य बस्तु पठाईएको हो

राहत सामग्री पठाउदै डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले ‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने उद्ग़ारका साथ लायन्सले सहयोग गर्दै आएको बताए उनले लायन्सले बाढी, पहिरो, भूकम्प, आँधिहुरी जस्ता अन्य प्राकृतिक प्रकोप एवं विपद् आदिको व्यवस्थापन गर्दै पीडितहरूलाई राहत र उद्धारको काम गर्दै आएको बताए

डिष्ट्रिक्ट ३२५ आई नेपालले संयोजन गरेको कार्यक्रममा डिष्ट्रिक्ट क्याविनेटका सिनियर लायन्स लिडरहरूको उल्लेख्य सहभागिता रहेको थियो

40Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected