
पोखरा, ७ भदौ । लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरले गठन गरेको लियो क्लबको उद्घाटन भएको छ । मंगलवार पोखरा–१७, बिरौटास्थित ग्यालेक्सी पाटी प्यालेसमा सम्पन्न लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदर र बिरौटा सेंचुरीको पदस्थापन समारोहमा नयाँ गठन भएको लियो क्लब, लियो क्लब अफ पोखरा वर्किङ टुगेदरको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले उद्घाटन गरेका छन । लियो क्लब अफ पोखरा वर्किङ टुगेदरको ओर्जिनल प्रेसिडेन्टमा सन्दीप गौतम रहेका छन ।
समारोहमा लायन बर्ष २०२२/२३ का वर्किङ टुगेदरका अध्यक्ष बेदहरि सुवेदी र बिरौटा सेंचुरीका अध्यक्ष रोशन भट्टराई सहित क्लबका पदाधिकारीलाई पदस्थापन अधिकृत डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले पदस्थापन गराएका थिए ।
पदस्थापन समारोहमा लायन बर्ष २०२१/२२ का अध्यक्ष मणिप्रसाद डुम्रेले आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यहरू प्रस्तुत गरेका थिए भने २०२२/२३ टुगेदरका अध्यक्ष बेदहरि सुवेदी र बिरौटा सेंचुरीका अध्यक्ष रोशन भट्टराईले हालसम्म सम्पादन गरिएका कार्य सहित बाँकी वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
पदस्थापन समारोहमा डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले डिष्ट्रिक्ट आई स्थापनाको पहिलो वर्षमा रहेको बताउदै डिष्ट्रिक्ट सचिवालय लगाएत धेरै कुराहरुको व्यवस्थापन गर्दै डिष्ट्रिक्टलाई उत्कृष्ट बनाउन सबै लाग्न आग्रह गरेका थिए । बसेलले डिष्ट्रिक्टलाई चलायमान बनाई मजबुत संगठनिक संरचना मार्फत मात्र मानविय सेवाका कार्यहरु र समुदायमा लायन्सको ब्राण्डिङ्ग गर्न सहज हुने बताएका थिए ।
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरका बर्ष २०२१/२२ का अध्यक्ष मणिप्रसाद डुम्रेले पहिलो सत्र र २०२२/२३ का अध्यक्ष बेदहरि सुवेदीले दोस्रो सत्रको अध्यक्षता गरेको कार्यक्रममा डिष्ट्रिक्ट भाईस गभर्नरद्वय चन्द्र कुमार केसी/ बिनोद ढुङगाना, क्याविनेट ट्रेजरर सूर्यनारायण बराल, टुगेदरका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट पिआरओ शंकर बानियाँले ज़स्तोसुकै चुनौतिमा पनि लायन्सले सम्पादन गरेका मानविय सेवा कार्यले नेपाली लायनवादलाई उचाईमा पुर्याएको बताएका थिए ।
कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष अर्जुन पौडेल, द्वित्तिय उपाध्यक्ष सम्झना अधिकारी, २०२१/२२ का सचिव बृहस्पति लम्साल, २०२२/२३ का सचिव बिनोद भुजेल लगाएतले आ–आफ़ना भनाई राखेका थिए ।








सम्बन्धित खवर
















