
7Shares
पोखरा । कास्कीमा एमाले उम्मेदवार दामोदर पौडेल बैरागीविरुद्ध बागी दिएका नेता जगन्नाथ बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन् ।
कास्की क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा एमालेले दामोदरलाई उम्मेदवार बनाएको छ। त्यसमा असन्तुष्ट जनाउँदै उम्मेदवारी दिएका एमाले प्रदेश कमिटी सदस्य जगन्नाथले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिएर नेता बास्तोला एमाले कास्कीले बुधबार आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रममा सहभागी भएका छन् ।
7Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















