
पोखरा, २० कात्तिकः मङ्सिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागी कास्कीजिल्लाका संवेदनशील मतदानस्थल तथा केन्द्रको जिल्ला सुरक्षा समितिले अनुगमन सम्पन्न गरेको छ ।
समितिले आज मादी गाउँपालिका अन्तर्गत वडा नं ३ ताङतिङस्थित वडा कार्यलयको नयाँ भवन, वडा नं ४याङजाकोटस्थित सिताराम माध्यमिक विद्यालय, वडा नं २ ताङतिङस्थित हिमालय मिलन मावि सहितका तीनठाँउमा मतदान स्थलको अनुगमन गरेको हो । टोलीले मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरूङसँग यसक्षेत्रको अवस्था लगायतमा जानकारी लिएको थियो ।
अनुगमनमा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको नेतृत्वमा कास्कीका सुरक्षानिकायका प्रमुखहरू, भगवति दल गुल्मका गणपति प्रमुख सेनानी संजय कुमार खत्री, जिल्ला प्रहरी कार्यालयकास्की प्रमुख प्रहरी उपरिक्षक अजय केसी, सशस्त्र प्रहरी उपरिक्षक बिजय केसी, उप अनुसन्धान निर्देशकमनोज ढकाल तथा जनप्रतिनिधि पत्रकार लगायतको उपस्थिति थियो । जिल्लाका अधिकांश मतदानस्थलको अनुगमन सकिएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । तीन वटानिर्वाचन क्षेत्र रहेको कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय ४४ मतदान केन्द्र रहेका छन् ।
मतदान केन्द्रको व्यवस्थापन तथा सहज मतदानका लागी गर्न सकिने उपायका विषयमा कास्कीस्थितसम्पूणर् मतदान केन्द्रमा जनप्रतिनिधि तथा स्थानीय समुदायसँग सुरक्षा समितिले छलफल समेत गरेको प्रमुखजिल्ला अधिकारी केसीले जानकारी दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार टोलीले कास्कीका १५० मतदान स्थलकाअधिकांश मतदान केन्द्रको अनुगमन सम्पन्न गरिसकेको छ ।







सम्बन्धित खवर


















