8Shares

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ ।

उनलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका हुन् । चुनावमा गठबन्धनलाई असहयोग गरेको र गठबन्धन जिताउन नलागेको भन्दै मन्त्री खड्कालाई बर्खास्त गरिएको हो ।

मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान ०७२ को धारा १६८ को उपधारा (९)बमोजिम मौजुदा मन्त्रिपरिषद् मुख्यमन्त्रीको सिफारिसमा जिम्मेवारी हेरफेर गरेका छन् ।

खड्का सरकारका प्रवक्तासमेत थिए । प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन खड्काको भूमिका थियो । तर, अहिले चुनावको टिकट नपाएपछि उनी असन्तुष्ट थिए ।

यसअघि मुख्यमन्त्रीले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाएका थिए । गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आचार्यमाथि आरोप लगाइएको थियो ।

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected