
पातीखोला, पर्वत । लायन्स क्लब अफ पर्वत गुप्तेश्वर मोदीको चार्टर हस्तान्तरण भएको छ । सुक्रवार मोदी गाउँपालिकास्थित पातीचौरमा आयोजित कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक़्ट गभर्नर रामबहादुर बसेलले लायन्स क्लब अफ पर्वत गुप्तेश्वरद्वारा स्पोन्सर गरिएको क्लब गुप्तेश्वर मोदीको चार्टर हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा एलसिआईएफ एरिया लिडर राजन लम्सालले समाज रुपान्तरणमा लायन्सहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै मोफसलमा रहेर पनि पर्वतका गाउँ गाउँमा पुगेर गरेको मानवीय सेवा कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।

मोदी गाउँपालिका पर्वतका अध्यक्ष हिरादेवी शर्माले लायन्स क्लबले संस्थागत विकास र सामाजिक क्षेत्रमा गरेको योगदानबाट आफु प्रभावित भएको बताउदै समाज रूपान्तरणमा सहकार्य गर्न पालिका तयार रहेको धारणा व्यक्त गरेकी थिईन् ।
कार्यक्रममा द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, क्याविनेट सेक्रेटरी हरिराज पन्त, ट्रेजरर सूर्यनारायण बराल, डिष्ट्रिक्ट चिफ एडभाईजर पार्वती खरेल लगायतको उपस्थिति रहेको थियो।
लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष कल्पना पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुप्तेश्वर मोदीका चार्टर प्रेसिडेन्ट कृष्णबहादुर मल्ल गुप्तेश्वरका द्वित्तिय उपाध्यक्ष धनराज बि पौडेल लगाएतले आ–आफ्ना भनाई राखेका थिए ।







सम्बन्धित खवर
















