0Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिकिटेडको अध्यक्षमा रोशन के.सी। नियुक्त भएका छन् । बैंकको बिहीवार बसेको ४९१ औ संचालक समितिको बैंठकले के.सी.लाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महताले दिएको राजीनामा स्वीकृत भएपछि के.सी. लाई नयाँ अध्यक्षमा चयन गरेको हो । के.सी. विगत ९ वर्षदेखि बैंकमा आबद्ध भई मिति २०७४/०१/१४ देखि २०७५/०९/२० यसै बैंकका अध्यक्षमा रहेका थिए ।

हाल अध्यक्षमा नियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए । साथै उनि एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected