युवराज खनाल
यस्तो लाग्छ, भोगाई दुनियाको सबैभन्दा ठुलो पाठशाला हो । त्यसैले पनि भनिन्छ कि मानिस पढेर जान्दछ कित परेर! कयौं बिकसित मुलुकहरूमा अग्रजहरुको भोगाई र अनुभवलाई शिक्षाको रुपमा लिने गरिन्छ ।जिन्दगीले जे जति भोग्यो सिक्नकै लागि भोग्यो । कतै हुण्डरीयर कतै उछिटिएर त कतै टाँगिएर भोगाईकाबिभिन्न रुपहरुमा नराम्ररी ठोक्किएर सिक्यो ।अझैसम्म पनि निरन्तर जे सिक्नु थियो सिकिरहेको छ ।
गहिरिएर विश्लेषण गर्ने हो भने भोगाईको अबिछिन्न श्रृंखललाले नै मान्छेलाई स्पात बनाउदो रहेछ । सङ्घर्षकेवल खाना र नानाको लागिमात्रै मात्रै गरिन्न, जीवनमा । जिन्दगीका यावत् पक्षमा क्रमशः बढ्दो उमेरसँगैसङ्घर्ष पनि बढ्दै जादोरहेछ्न ।
तर सोच्नुपर्ने चाहिँ यही छ, जीवनमा कतिसम्म सङ्घर्षको मैदानबाट पार लाग्ने ? हुन त कति ठाउँ जितिएला, कति ठाउँ हारिएला । अलिकति आध्यात्मिक पाराले भन्ने हो भने जीवन एउटा गज्जवको खेल हो कर्मको भेलहो । चाहेर जित्न नसकिएला अथवा नचाहेरै पनि हारिएला! बस्, संघर्ष जारी पर्दोरहेछ भन्ने जिवन दर्शनको पर्याय बन्दो रहेछ !
दुनियाँमा निजि स्वार्थ शब्द नै शब्दकोषबाट सबैले हटाउन सक्नु पर्छ । जब हामीसग भएको स्वार्थभन्ने शब्द नै हामीले डिलिट गर्न सक्ने हो भने एउटा बिल्कुल नयाँ संसारको परिकल्पना सहित त्याग तपस्याबलिदानि र संघर्षको मैदानमा हाम फाल्दा धन सम्पत्ति निजि सम्पत्तिको केही अबशेष पनि हामीमा हुदैनहोला ।बर्ग बिहिन सामाजको कल्पना बल्ल गर्न सकिने थियो की?
थोरै जिवनका भोगाइका अनेक बिश्रृंखलित क्षणहरुमा पौठेजोरी खेली यो जीवन बित्यो र बित्दै छ । विस्वस्तथिए, त्यहीँ बिस्वासका साथ अगाडि बढेका थियौँ । तर परिस्थिति कोल्टे फेर्यो उहीँ अवस्था रहेन भनेको लक्ष्यअनुसार उपलब्धि हासिल हुन सकेन । दुख चाहेर गर्ने कुरा पनि थिएन चाहेर रोकिने कुरा पनि थिएन सबैपरिस्थितिले सिर्जना गर्ने रहेछ ।
जिवनमा परिवर्तन ल्याउन मेरा लागि हर हिसाबले झोला कुम्ला बोकी हिड्न प्रदेशिन बाहेक केही बिकल्पथिएन । नयाँ जीवन व्यवस्थापनको लागि फेरी अर्को जिवन संघर्ष गर्नु थियो । जिवन युद्ध र सामाजीक युद्धफरक कुरा थिए । तयारी त होइन उराठ लाग्दो अबस्था देखेर कल्पना गर्न सक्ने अबस्था पनि थिएन ।
हजुरबुवाका पालादेखिको ऋण मेरा लागि थाप्लोमा थुपारी सकिएको थियो । कहाँ जाने ? के गर्ने ? जागीरखादै गर्दा जागिर छोडियो । काम धाम सिकाउने आमा बाउ छोडियो, गाउँघर छोडियो सात समुन्द्र पार गरियो ।
भारी कर्ममा छ, कहाँ के गर्ने के नगर्ने लामो सुस्केरा हाल्दै हाम काहा जाएका वाउ जि भन्ने उखान जस्तो भयोजिवन बास्तबमा । रुने पीडा पोख्ने सुनाउने कोहि थिएन । निक्कै अत्यास लाग्दो उराठ लाग्दो जिन्दगीकोमोडमा आईएको थियो।
त्यो क्षण सुनाउन लायक नै लाग्दैन । स्कुल फि तिर्न लुकि छिपी दाउरा बेचेको । भैसिको खाटी दूध अरुलाईदिएर मागेको मोहिसँग आटो निलेको , बारीका गेमारा उखु बेचेर मट्टीतेल किनेको । कहिले नभएर तकहिलेकाहीँ केही न केही परिवर्तन गरौं भन्ने सोचले रातमा निन्द्रा नै नपरी चिन्ताले पिरोलिरहयो रहेको! कहाँजाउ ? कसरी ब्यवस्थापन गरौ ? जसले गर्न सिकयो, बाँच्न सिकायो रुन सिकायो अनि हास्न सिकायो । हुने खाने कयौं साथीसंगिहरुका तिखा ब्यङग्य सजिलै कानमा ठोकिन्थे जान्थे र पनि दिल खोलेर पचाउनुको बिकल्प थिएन ।
श्रम गर्ने मान्छे कहिल्यै सानो हुदैन र पेशा कुनै पनि सानो ठुलो भन्ने हुदैन । सानो भनेको त मान्छेको बुझाई हो जिवनमा सिकेको ज्ञान यहि थियो ।
यहि दर्शनले नेपाल फर्केर सानो ब्यबसाय गर्न पनि कुनै संकोच मनमा आएन । यस्तो लाग्दछ , गरिबीले संघर्षसिकायो संघर्षले स्पात हुन सिकायो भने समस्याले सामाधान सिकायो । यस्तै यस्तै सिकाइका बिचमा जिन्दगीरुमल्लीरहयो र रुमल्लीरहेकै छ निरन्तर….। यी सबै भोगाइहरुले अनुभवको डायरी भरिएको छ । यहि नै जीवनजिउने गतिलो माध्याम बनेको छ । अहिले पनि कछाड बाधेर डालोमा केरा बेच्ने, कित्लीमा दुध लिएर बजारतिर दौडने, डोकोमा घाँस बोकेर हिड्नेहरुलाई देख्दा आफ्नै याद आउँछ । म ति गाउँले दुख गरेर आफ्नो जीवनजिउने मेरा जस्तै जिन्दगीका दर्पण छाया देखिरहेको हुन्छु । अनि भन्छु आखिर जीवन यस्तै रहेछ, संघर्षसंघर्षसैमा अन्तिम अबस्थामा पुग्ने रहेछ । अनि थाहै नपाई संसारबाट बिदा लिने छ ।