69Shares

१३ जेष्ठ पोखरा । ’पर्यटनका लागि सबै मौसमभन्ने मूल नाराका साथ वि.सं. २०७५ सालदेखि आरम्भ गरिएको विश्वकै चर्चित ‘अन्नपूर्ण म्याराथनको तयारी अन्तिम चरणमापुगेको छ।

सो बारे जानकारी दिन आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले आइतवार पत्रकार सम्मेलन गरी यहि जेठ २१ गते हुन गईरहेको अन्नपूर्ण म्याराथन२०८१ को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो
अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्नपूर्ण म्याराथन गर्दै आएको संयोजक ललित गुरुङले बताए  संयोजक गुरुङले म्याराथनतर्फ विदेशीसहित ५० जनाले नाम दर्ता गराएका छन् भने ति मध्ये १० जना महिला रहेका छन्

महिला तथा पुरुष दुबैतर्फका लागि हुने म्याराथनमा पहिलो, दोश्रो तेश्रो हुनेले क्रमश नगद लाख ५० हजार, लाख ७५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन्  पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ हजार तोकिएको

समितिले अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका दिनको अवसर पारेर प्रत्येक बर्ष अन्नपूर्ण आधारशिविरबाट घान्द्रुकसम्म (४२.१९५ किमी) को अन्नपूर्ण म्याराथन गर्दै आईरहेको । अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदैघान्द्रुक आई समापनहुने गरी म्याराथन रुट कायम गरिएको

विशेषतः सन् १९५० जुन तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानीराखेको सन्दर्भमा उक्त दिनलाईअन्नपूर्ण आरोहण दिवसमनाउने गरिन्छ सोही दिनको सम्झनामा अन्नपूर्ण म्याराथन हुने भएकाले यसको छुट्टै ऐतिहासिक गरिमा रहेको संयोजक गुरुङले बताए

अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न अल्टिमेट एडभन्चरले प्राविधिक सहयोग गर्नेभएको कार्यक्रमका लागि अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापन, अन्नपूर्ण समाज काठमाडौंको सहकार्यमा सम्पन्न हुन गईरहेको म्याराथनमा नेपाल पर्यटन बोर्ड, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)/राष्ट्रिय प्रकृति संरक्षण कोष, टाँडापानी पर्यटन व्यवस्थापन समिति, मुल्डे भ्यूपार्क व्यवस्थापन समिति, खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, भूपूखेलाडी मञ्च, नेपाल एड्भेन्चर रनिङ महासंघ, सिआइडब्लुईसी क्लिनिकसहितका अन्य पर्यटनसँग सम्बन्धितसंघसंस्थाले सहयोग गर्ने भएका छन्

महोत्सव सम्पन्न गर्न ५०१ सदस्यीय रहेको मुल व्यवस्थापन समिति, १३ वटा विभिन्न उपसमिति गठन गरिएको समितिका सचिव मिकास गुरुङले जनाएका छन्

69Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected