
७ साउन, जनकपुरधाम । अज्ञात समूहले गएराति सर्लाहीमा भूमिसुधार व्यवस्था पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या गरेको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित निवासमा नै उनको हत्या भएको प्रहरीले बताएको छ ।
८० वर्षिय रायको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि हत्यामा संलग्न व्यक्तिको पहिचान भएको छैन । घटनाबार अनुसन्धान भइरहेसर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

सोमबार बिहानै प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख पनि घटनास्थल पुगेका छन्। अनुसन्धानका लागि तालिमप्राप्त कुकर पनि परिचालन गरिएको छ । चन्द्रपुर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार पूर्वराज्यमन्त्री राय आइतबार मात्रै रतनपुर आएका थिए।

उनी परिवारसहित मलंगवा बस्थे। रतनपुरमा भएको त्यो घर पुरानो हो। त्यहाँ उनको खेतिपाति पनि छ। खेतिपाती हेर्न उनी रतनपुर आउजाउ गर्थे । त्यहाँ एकजना भान्से पनि राखेका थिए।


