0Shares

पोखरा भ्यूज
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मंगलबार (आज) र बुधबार (भोलि) देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने पूर्वअनुमान गर्दै सचेत हुन आग्रह गरेको छ । विभागको आग्रहपछि राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत एक सूचना प्रकाशित गरी अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै उच्च सतर्कताका लागि अपील गरेको छ ।

प्राधिकरणले रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले जोखिममा रहेको जिल्लामा रात्रिकालीन बस सञ्चालन नगर्न अनुरोध गरेको छ । पभारी वर्षाको समयमा जरुरी काम बाहेक यात्रा नगर्न, नदी किनाराका बासिन्दा चनाखो रहन र समस्या परे सुरक्षा निकायमा तुरुन्त खबर गर्न प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ । बाढीको समयमा दाउरा निकाल्न तथा माछा मार्नको लागि नदीमा नजान पनि प्राधिकरणले आग्रह गरेको छ ।

अति भारी वर्षाबाट ३४ जिल्ला उच्च जोखिममा रहेको जल तथा मौसम विज्ञान विभागको सूचनामा उल्लेख छ । विभागको सूचना अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, सिन्धुपाल्चोक, चितवन, दोलखा, धादिङ, नुवाकोटलाई उच्च जोखमको सूचीमा छन् ।

त्यस्तै म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोखरामा पनि उच्च जोखममा रहेको विभागले जनाएको छ । त्यसैगरी कपिलवुस्त, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची, रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी उच्च जोखिममा छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected