0Shares
पोखरा भ्यूज
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भदौ ७ गतेसम्मका लागि स्थगित गरिएको छ । गत बुधबारबाट सुरु भएको बैठक १० दिनपछि पुनः बस्ने गरी स्थगित भएको नेपाली काँग्रेसले जनाएको छ ।
यसअघि महासमिति बैठक र केन्द्रीय समितिमा आएका धारणाहरु प्रतिवेदनमा समावेश नभएकाले १० दिनदित्र महासमिति र केन्द्रीय समितिमा आएका धारणाहरुलाई प्रतिवेदनमा समावेश गर्न बैठक स्थगित गर्नुपरेको नेताहरुले छन् ।
केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक प्रतिवेदन पेश गरेका थिए । महासमिति बैठकको सुझाव र बदलिएको राजनीतिक घटनाक्रम अनुसार तीन नेताले प्रतिवेदन संशोधन सहित पेश गरेका थिए ।


0Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।