
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल, क्लस्टर २, रिजन ४ जोन ८ को पहिलो जोन मिटिङ आइतवार सम्पन्न भएको छ ।
बैठकमा जोन अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा साधना, पोखरा फ़र्निसिङ, पोखरा प्रोफेशनल, पोखरा स्मार्ट र महाशिलाका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको सहभागीता रहेको थियो ।
बैठकमा ५ वटै क्लबले हालसम्म सम्पादन गरेका कार्य र बाँकी कार्यक्रमहरू प्रस्तुत गरेका थिए । लायन्स अन्तरराष्ट्रियको बिधी बिधान अनुसार जोन चेयरपर्सनले एक बर्षे कार्यकालमा आफ्नो माताहतमा रहेका क्लब लिएर कम्तिमा ४ वटा जोन मिटिंग गर्नुपर्ने प्रावधान रहेको छ । जसमा पहिलो मिटिंगमा वार्षिक कार्ययोजना सम्बन्धि छलफल, दोश्रोमा सदस्यता बृद्धि, तेश्रोमा लिडरशिप र चौथोमा बर्ष भरि गरेका कार्यहरूको समिक्षासहित फेलोशिपलाई प्राथमिकता दिईने जोन चियरपर्सन सिता पौडेलले जानकारी गराईन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका चिफ एडभाइजर शैलेन्द्र मोहन भट्टराईले लायन्सले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । क्लबहरूले सामाजिक कार्यलाई निरन्तरता दिई उत्कृष्ट कार्य सम्पादन गरेकोमा गर्व महशुष गरेको भट्टराईले बताए ।
जोन चियरपर्सन सिता पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा डिष्ट्रिक्टका को–चिफ एडभाईजरद्वय ऋषि गिरी र अमृत शोभा खत्री, डिष्ट्रिक्ट को-अर्डिनेटर रहमोहन सुवेदीलगाएत डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ग्लोबल कजेज चेयरपर्सन कमला गुरूङ, क्लस्टर २ का को–क्लस्टर चिफ शूसिल पौडेल, रिजन ८ का रिजन चेयरपर्सन जिवन प्रकाश श्रेष्ठ लगाएतले क्लबले गरेका कार्यको उच्च प्रसंसा गर्दै लायन्सले गर्नुपर्नेकाम, कर्तव्य र उत्तरदायित्वको बारेमा प्रकाश पारेका थिए ।














