जेन-जि आन्दोलनपछिको क्षति न्यूनीकरणका लागि वडा नं १२ ले आपतकालीन पुनर्निर्माण योजना अघि सार्यो
- September 17, 2025
- 1989

30Shares
पोखरा। जेन-जि आन्दोलनका कारण सार्वजनिक सेवा प्रवाहमा गम्भीर अवरोध आएपछि वडा नं १२ ले आपतकालीन पुनर्निर्माण योजना अगाडि सारेको छ।
टोल विकास संस्था, आमा समूह, क्लब, स्थानीय समाजसेवी तथा संघ-संस्थाको भेलाले वडास्तरीय पुनर्निर्माण मूल समितिको संयोजकमा समाजसेवी टिकाबहादुर कार्कीलाई चयन गरेको छ।
गत साता भएको आन्दोलनका क्रममा कार्यालयमा भीषण तोडफोड र आगजनी हुँदा सम्पूर्ण अभिलेख, कम्प्युटर, फर्निचर र उपकरण जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए। उनका अनुसार भवनका झ्यालढोका, सिसा र पर्खालमा क्षति पुगेको छ भने स्वास्थ्य केन्द्र र सडक संरचनाहरु पनि आंशिकरूपमा क्षतिग्रस्त भएका छन्।
30Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।













