21Shares

पोखरा । लायन्स अन्तर्राष्ट्रियले विश्वभरका बालबालिकामा शान्तिको सन्देश फैलाउने उद्देश्यले प्रत्येक वर्ष आयोजना गर्दै आएको पिस पोस्टर प्रतियोगिता अन्तर्गत यस वर्षको प्रतियोगिता “Together as One (हामीएकैसाथ एकजुट भएर)” भन्ने विषयमा सम्पन्न भएको छ।

लायन्स क्लब अफ पोखरा जननीको आयोजनामा बिहीबार पोखरा–१७ महतगौडास्थित पोखरा मल्टिमोडल माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता सम्पन्न गरिएको हो। प्रतियोगितामा ११ देखि १३ वर्ष उमेर समूहका १५ जना विद्यार्थीले सहभागिता जनाएका थिए, जसमा ११ जना छात्र र ४ जना छात्रा रहेका थिए।

प्रतियोगितामा सुप्रिया शर्मा पहिलो, युजन क्षेत्री दोस्रो, स्वस्तिका चौधरी तेस्रो र रोशन कुमार ठकुरीले सान्त्वना स्थान हासिल गरेका छन्। विजयी विद्यार्थीहरूलाई लायन्स अन्तर्राष्ट्रियबाट प्राप्त प्रमाणपत्रसहित अविर, खादा र मायाको चिनोद्वारा सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ तथा पिस पोस्टर कोअर्डिनेटर शिव बहादुर खड्का रहेका थिए। सो अवसरमा विद्यालयका प्राचार्य विपिन बिक्रम शाही, एरिया १० की कोअर्डिनेटर मेनुका श्रेष्ठ, रिजन २२ का चेयरपर्सन बद्रीका ढुंगाना, जोन ५१ का चेयरपर्सन सन्तोष भण्डारी, निवर्तमान अध्यक्ष इन्दु कोइराला, पूर्व अध्यक्ष शान्ति अधिकारीलगायत क्लबका पदाधिकारी, सदस्य र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लक्ष्मी पोखरेलले गरेकी थिइन् भने सञ्चालन क्लबका सचिव दीपा शर्माले गरेकी थिइन्।

कार्यक्रम संयोजक निर्मला वस्ताकोटीका अनुसार बालबालिकाले चित्रकला मार्फत शान्ति, एकता सहअस्तित्व को सशक्त सन्देश प्रस्तुत गरेका थिए। उनका अनुसार, “बालबालिकाको सृजनशीलतामार्फत विश्वमा शान्तिको सोच विस्तार गर्नु नै पिस पोस्टर कार्यक्रमको मुख्य उद्देश्य हो।”

21Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected