
0Shares
पोखरा। एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट निधन भएको छ। थापा जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा अचानक ढलेका थिए।
एमाले कास्की जिल्ला पार्टी कार्यालयमा कास्की निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक आयोजना गरिएको थियो। सो बैठकमा करिब १० मिनेट बोलिसकेपछि थापा अचानक अस्वस्थ भई ढलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। बैठकस्थलमै उनलाई हृदयघात भएको प्रारम्भिक अनुमान गरिएको थियो ।

ढलेलगत्तै उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा पुर्याइएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।
0Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















