0Shares

पोखरा। लायन्स क्लब अफ पोखरा अन्जुलीले लायन वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। पोखरा–८, न्यूरोडस्थित मायरा किचनमा शनिबार सम्पन्न निर्वाचनबाट क्लबको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो। निर्वाचन कार्यक्रम लायन वर्ष २०२५/२६ का प्रथम उपाध्यक्ष पुजा सिलवाल घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।

निर्वाचनबाट क्लबको अध्यक्षमा पुजा सिलवाल, प्रथम उपाध्यक्षमा माया थापा, द्वितीय उपाध्यक्षमा गिता गुरुङ, सचिवमा दुर्गा गुरुङ तथा कोषाध्यक्षमा कल्पना अधिकारी चयन भएका छन्।

त्यसैगरी क्लब एडमिनिस्ट्रेटरमा सान्तवना पराजुली, मेम्बरशिप चेयरपर्सनमा निरा कोइराला, एलसीआई को–अर्डिनेटरमा साधना थापा, मार्केटिङ एण्ड कम्युनिकेशन चेयरपर्सनमा बिना पाईजा चोचांगे तथा क्लब सर्भिस चेयरपर्सनमा मिना पौडेल चयन भएका छन्। निर्देशकमा पुजा अधिकारी साथै सदस्यहरूमा कल्पना बस्नेत, इन्दु शर्मा, बेन्जो जोशी, सोनिया पाईजा निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पुजा सिलवालले क्लबमार्फत सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा सामुदायिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै समाजसेवालाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट एडमिनिस्ट्रेटरद्वय युवराज खनालटंकराज अधिकारी, डिष्ट्रिक्ट चिफ विष्णु प्रसाद ढुंगाना तथा जीएलटी डिष्ट्रिक्ट को–अर्डिनेटर दिलबहादुर थापाले नयाँ नेतृत्वले क्लबका सामाजिक सेवा तथा समुदाय केन्द्रित अभियानलाई अझ सशक्त बनाउँदै अगाडि बढाउनेमा विश्वास व्यक्त गरे। उनीहरूले सबैको सहकार्य र एकताबाट क्लबलाई अझ उचाइमा पु¥याउन सकिने धारणा पनि व्यक्त गरे।

निर्वाचन संयोजक तथा क्लबका निवर्तमान अध्यक्ष साधना थापासहित पूर्व अध्यक्षहरू सान्तवना पराजुली, बिना पाईजा चोचांगे, निरा कोइराला, मिरा पौडेललगायतले क्लबका गतिविधि तथा सामाजिक योगदानबारे आ–आफ्नो धारणा राखेका थिए।

यसअघि लायन वर्ष २०२५/२६ का केही पदाधिकारीहरू क्लबबाट अलग भई नयाँ क्लब गठन गरेपछि रिक्त रहेका पदहरूमा सचिवमा बिना पाईजा चोचांगे, कोषाध्यक्षमा कल्पना अधिकारी र क्लब एडमिनिस्ट्रेटरमा सान्तवना पराजुली पौडेललाई निर्वाचित गरिएको थियो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected