
काठमाडौं, जेठ २६ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्रीद्वयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, समारोहमा मन्त्रिपरिषद्का सदस्यहरू, संघीय संसद्का सांसदहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल सरकारका उच्च अधिकारी तथा विशिष्ट व्यक्तिहरूको पनि सहभागिता रहेको थियो।
मन्त्रीद्वयले शपथ ग्रहणसँगै आ–आफ्नो मन्त्रालयको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् ।




























